कञ्चनपुर – कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहस्थित कल्भर्ट नालाको पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहका १४ वर्षीय दिनेश महरा रहेको छ । कल्भर्ट नजिकै खेल्ने क्रममा पानीमा खस्दा उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।
पानीमा खसेपछि स्थानीय बासिन्दाले उद्धार गेरर अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्य भएको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो ।
रासस





