गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेप्लिज लेडिज कम्युनिटी हंस्लोद्वारा आगामी सेप्टेम्बरका ८ तारिखका दिन लन्डनको फेल्थमस्थित फेल्थम एसेम्ब्ली हलमा तीज कार्यक्रम २०१८ को आयोजना गरिने भएको छ । नेपाली कला संस्कृति र परम्परालाई निरन्तरता दिंदै विभिन्न खालका कार्यक्रमको आयोजना गर्दै आएको नेप्लिज लेडिज कम्युनिटीद्वारा हरेक वर्ष तिजको कार्यक्रमको आयोजना गरिंदै आएको छ । कार्यक्रममा नेपालबाट आएकी लोक तथा दोहोरी गायिका कला पंगेनीको विशेष प्रस्तुति रहने आयोजक लेडिज कम्युनिटीले जानकारी दिएको छ । नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै सांगीतिक क्षेत्रमा यात्रारत गायिका कला पंगेनी बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७२ को विजयता पनि हुन् । उनका लोक गीत,रोइला,पन्चे बाजा, रत्यौली तथा थुप्रै तीज गीतहरु निकै लोकप्रिय रहेका छन् ।
पछिल्लो समयमा उनले लन्डनवासी नरेन्द्र बस्नेतको लय शब्दमा पापी घरैमा बोलको तीज गीत गायक खुमन अधिकारीसंग (२०७४) मा र यसपाली गायक बद्रि पंगेनीको साथमा चिटिक्कै मलाई सुहायो बोलको गीत गाएकी छन् । साँझ ५ बजे देखि रातीको ११ बजेसम्म संचालन हुने उक्त तीज कार्यक्रममा लोकप्रिय अनि चर्चित डीजे चांद लामाको सांगीतिक धमाका रहने छ । उक्त तीज कार्यक्रममा सहभागी भएर मनोरंजन गर्नको लागि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई नेप्लिज लेडिज कम्युनिटी हंस्लोद्वारा हार्दिक निमन्त्रणा गरिएको छ ।
नेप्लिज लेडिज कम्युनिटी हंस्लोको तीज कार्यक्रममा गायिका कला पंगेनीको प्रस्तुती
नेप्लिज लेडिज कम्युनिटी हंस्लोको तीज कार्यक्रममा गायिका कला पंगेनीको प्रस्तुती
तपाईको प्रतिक्रिया





