बीस लाख पर्यटक भित्र्याउने लक्ष्य

भक्तपुर – सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ अगाडि सारेको योजना सफल पार्न सबै लाग्नुपर्ने सरोकारवाला निकायले जोड दिएका छन् । दश वर्षभित्र एक करोड पर्यटक भित्र्याएर पर्यटन व्यवसायलाई समृद्धिको आधार बनाउन सकिने उनीहरुको भनाइ छ ।

पर्यटक प्रहरी इकाई, भृकुटीमण्डपले भक्तपुरमा आयोजना गरेको सरोकारवाला निकायबीचको अन्तरक्रियात्मक कार्यक्रमका वक्ताले आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित र सहज वातावरण सिर्जना गरी दिगो पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटन व्यवसायी, पर्यटनसँग सम्बद्ध प्रतिनिधि, स्थानीय तह र सञ्चारकर्मी सबैको समन्वय तथा सहकार्यले मात्र पर्यटन क्षेत्रको विकास हुने बताउनुभयोे । पर्यटकको सेवा, सुविधा र सुरक्षाका विविध विषयमा सबैले चासो र चिन्ता राख्नुपर्नेमा जोड दिँदै उहाँले पर्यटकलाई राम्रो व्यवहार गर्नसके उनीहरु फेरि पनि घुम्न आउने धारणा राख्नुभयो ।

उहाँले पर्यटकले मौलिकता र भिन्न चीज हेर्न खोज्ने भएकाले मौलिक कला, सम्पदा, संस्कतिलाई जोगाउन नगरपालिकाले विशेष जोड दिएको उल्लेख गर्नुभयो । नगरपालिकाले पर्यटकको बसाइ लम्ब्याउन रात्रिकालीन मौलिक सांस्कृतिक कार्यक्रम गर्ने तथा पर्यटकलाई राम्रो व्यवहार गर्न पथप्रदर्शकलाई तालीम दिइएको उहाँको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पर्यटकको सुरक्षाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट कर्तव्यवोध र जिम्मेवारी पालना हुनुपर्ने बताउनुभयो ।

पर्यटनविद् डा आलोक प्रसाईंले नेपालमा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक सम्पदालगायत भाषा, संस्कृति र रीतिरिवाज पर्यटक तान्ने माध्यम भए पनि पर्याप्त प्रचारप्रसार हुन सकेको छैन भन्नुभयो । उहाँले पर्यटन क्षेत्रलाई उद्योग र रोजगारीसँग जोड्नुपर्ने बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष रामप्रसाद प्रजापति, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, पर्यटक प्रहरी इकाई प्रमुख रुपा थापा, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेलगायतले पर्यटकको आतिथ्य संस्कार, सुरक्षा व्यवस्थापन र गुणस्तरीय सेवामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित