१२ हजार ७ सय शिक्षकका लागि पौने तीन लाख आवेदन

काठमाडौं। शिक्षक सेवा आयोगले विद्यालय तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान गरेको १२ हजार सात सय ३९ शिक्षक पदमा दुई लाख ८० हजार आवेदन परेका छन्। खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान भएको परीक्षामा यति ठूलो संख्यामा प्रतियोगी सहभागी हुन खोज्नुले शिक्षामा शैक्षिक बेरोजगारीको दर उच्च रहेको संकेत गर्छ। आयोगले गत जेठमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि क्रमशः ९ हजार ९ सय ९६, एक हजार ६ सय ३५ र १ हजार १ सय आठ दरबन्दीमा शिक्षक छनोट गर्न आवेदन मागेको थियो।

दरबन्दीमध्ये प्राथमिक तहका लागि एक लाख ६० हजार आवेदन परेको आयोगका प्रशासकीय अधिकृत सहसचिव डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए। निमावि तहका लागि ८० हजार र माविका लागि ४० हजार आवेदन परेको छ। उपत्यकाबाहिरका जिल्लाबाट संकलन गरेर केन्द्रमा आएका आवेदकको फारम र अन्य आवश्यक कागजात रुजु गर्ने काम भइरहेको उनले बताए। एक जनाले तीनै तहमा परीक्षा फारम भरेका कारण पनि आवेदकको संख्या बढेको हुन सक्ने आयोगको अनुमान छ। ‘जे भए पनि शिक्षामा बेरोजगार दर उच्च रहेको यो गतिलो प्रमाण हो’, थपलियाले भने। तीनै तहका शिक्षकको परीक्षा असोज ११, १२ र १३ गते सञ्चालन हुँदै छ।

आयोग स्थापनापछि तीन पटक मात्र खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरिएको छ। यसअघि २०७३ सालमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट भएका थिए। यस्तो प्रतिस्पर्धाबाट हालसम्म अठार हजार ३९ जना शिक्षक मात्र नियुक्त भएका छन्। आयोग स्थापना हुनुअघि जिल्ला र क्षेत्रीय रूपमा शिक्षक नियुक्त हुन्थे। उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५ को सुझावपछि शिक्षा ऐनको छैटौं संशोधन गरेर आयोग स्थापना भएको हो। २०५६ सालमा आयोग स्थापना गरेर खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्न थालिएको हो।

प्रतिस्पर्धामा भाग लिन आयोगबाट शिक्षण अनुमतिपत्र (लाइसेन्स) लिएको हुनुपर्छ। अहिलेसम्म सात लाख लाइसेन्स वितरण गरिसकिएको छ। अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एक लाख सात हजार छ।

यसमध्ये करिब ७० हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन्। अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन्। अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदमा पनि आन्तरिक प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न परीक्षा सम्पन्न भइसकेको छ।
अन्नपूर्णपोष्ट दैनिक

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित