तीनतले घरको नक्सा पास गर्न ३१ हजार कर !

पोखरा । स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला कास्कीको एउटा गाउँपालिकाले तीन तले घरको नक्सा पास गर्दा ३० हजार ९ सय रुपैयाँको रसिद काटेको छ ।

माछापुछ्र्रे गाउँपालिका वडा नं ३ का टेफनशोभा गुरुङले गाउँपालिकाबाट तीनतले घरको नाक्सा पास गर्न ३० हजार ९०० रुपैयाँ स्थानीय सरकारलाई कर तिरेका हुन् ।गुरुङले मंगलबार गाउँपालिकालाई रकम बुझाएका छन् ।

गाउँलिकाका सूचना अधिकारी हरिलाल आचार्य भन्छन्- ‘१० असारमा बजेट पास गर्दा गाउँसभाले स्क्वायर फिटका आधारमा नक्सा पासको रकम लिने निर्णय गरेको थियो । सोहीअनुसार यो रकम लिइएको हो ।’

माछापुछ्र्रे गाउँपालिकाले आरसीसी बाहेकको घरको नक्सा पास गर्न प्रतिस्क्वायर फिटको ३ रुपैयाँ तोकेको छ । आरसीसी भवनको अण्डरग्राउण्डको भने प्रतिस्वायर फिटको ६ रुपैयाँ तोकिएको छ । यो रकम जति तला थपिँदै जान्छ, त्यति नै बढ्दै जान्छ । पहिलो तलामा प्रतिस्वायर फिटको ८ रुपैयाँ तोकिएको छ भने दोस्रो तलाका लागि प्रतिस्वायर फिटको १० रुपैयाँ तोकिएको छ ।

यो कर प्रतिस्वायर फिट २५ रुपैयाँसम्म छ ।

यसअघि घरको नक्सा पास गर्दा स्वायर फिटका आधारमा रकम लिने गरिएको थिएन । तर, जनप्रतिनिधिहरु आएपछि जनताको ढाड सक्ने गरी कर लगाएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

गुरुङको तीनतले घरको एउटा तलामा करिव १०२० स्वायर फिट छ । उनले तिरेको ३० हजार ९०० रुपैयाँ ‘नक्सा पास कर’ नयाँ नियम लागेपछिकै ठूलो रकम हो ।

गाउँपालिका अध्यक्ष भन्छन्- यो रकम बढी होइन

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ भने घरको नक्सा पासका लागि लिएको रकम बढी नभएको तर्क गर्छन् । उनका अनुसार गाउँपालिकासँग पोखरा महानगरपालिका पनि जोडिएको छ । महानगरको वडा नम्बर १६ मा यस्तो कर प्रतिस्क्वायर फिट १६/१८ रुपैयाँसम्म छ । अध्यक्ष गुरुङले अनलाइनखबरसँग भने- ‘महानगरको भन्दा आधा मात्रै लिउँ भनेर हामीले ८ रुपैयाँबाट सुरु गरेका छौं ।’

अध्यक्ष गुरुङका अनुसार टेफनशोभा गुरुङको घर बनाएको क्षेत्र नगरोन्मूख क्षेत्र हो र त्यहाँ १६ मिटरको बाटो छ । जग्गाको मूल्य ३ देखि ५ लाख आना पुगिसकेको छ ।
गाउँपालिका अध्यक्ष गुरुङले अनलाइनखबरसँग भने- ‘३/४ करोड खर्च गरेर घर बनाउनेसँग ३१ हजार कर लिनुलाई अस्वाभाविक मान्नु भएन ।’

उनले नेकपाबाट स्थानीय तह प्रमुख बनेका उनले आफूले तिरेको कर स्थानीय जनप्रतिनिधिले सदुपयोग गरेका छन् कि दुरुपयोग भनेर खबरदारी गर्न जनतालाई आग्रह समेत गरे ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित