Breaking News
Home > Blog > ११ औं वार्षिकोत्सवको अवसर पारेर धादिङ नुवाकोट समाज यूकेको वार्षिक भेटघाट संपन्न

११ औं वार्षिकोत्सवको अवसर पारेर धादिङ नुवाकोट समाज यूकेको वार्षिक भेटघाट संपन्न

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,

लन्डन, आफ्नो स्थापनाकालको ११ औं वसन्त पार गरिसकेको धादिङ नुवाकोट समाज यूकेले गत शनिबारका दिन ह्यार्रोबरो फुटबल क्लवमा वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीको आतिथ्यमा समपन्न उक्त वार्षिक भेटघाट कार्यक्रमलाई डा. सुवेदीका साथमा समाजका अध्यक्ष्य चोकबहादुर तामांग,डा.पदम सिम्खडा र काउन्सिलर बिष्णु गुरुंगले संयुक्त रुपमा पानसमा बती बालेर उद्घाटन गरेका थिए । आफ्नो मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले धादिङ नुवाकोट समाजले प्रवासमा बसेर आफ्नो थातथलोको र जन्मभूमिप्रति गरेको योगदानको सह्राना गर्दै प्रशंसा गरेका थिए । आफ्नो कला संस्कृती परम्परा र रितिस्थितीलाई जोगाएर राख्न र विश्वसामू नेपालीपनलाई जोगाएर शीर उच्च राख्ने काम नेपालीद्वारा नै गरिनुपर्ने धारणा डा. सुवेदीले राखेका थिए । तेस्तै गरि एनआरएन आइसीसी सदस्य तथा धादिंग नुवाकोट समाजका सल्लाहकार रामशरण सिम्खडाले पनि समाजसेवा गर्नको लागि मान प्रतिष्ठा र पदको स्वार्थलाई त्यागेर निस्वार्थ भावना बोकेर समाज सेवामा सामर्पित भएको खण्डमा समाजको मुहार फेर्नलाई सहयोग पुग्ने बताएका थिए । थुप्रै सामाजिक संघसंस्थामा संलग्न रहँदै आएका सिम्खडालाई आफ्नो गाउँठाउँको संस्थाप्रति भने अलि बढी झुकाव रहेको आफ्नो अनुभव बताएका थिए । उनले घोडा र खसीको कथा प्रस्तुत गर्दै नेपाली समुदायलाई व्यंग्यात्मक प्रहार सहितको सुझाव प्रस्तुत गरेका थिए । समाजका अध्यक्ष चोकबहादुर तामांगले समाजद्वारा गरिएका विभिन्न उल्लेखनीय कार्यहरुको विवरण प्रस्तुत गर्दै आफ्नो गृह जिल्लामा मात्र नभएर सर्लाहीको हरिवानको आनाथ आश्रमदेखि सप्तरीका बाढीपीत लगायत अन्य थुप्रै सहयोग गर्दै आएको जानकारी दिएका थिए । गाउँमा छिट्टै शिक्षा र स्वास्थयको नमुना परियोजनाको लागि पनि गृहकार्य भैरहेको बताएका थिए । लिभरपुल जोन मोर युनिभर्सिटीका एशोसिएट डीन डा.पदम सिंखडाले पनि शिक्षालाई जति बाँड्यो उति फैलिने भन्दै आफूले हाशिल गरेका ज्ञान र शीपलाई गाउँमा लगेर बाँड्नुपर्ने धारणा राखेका थिए । नेपाल पत्रकार महासंघ बेलायतका बरिष्ठ उपाध्यक्ष ध्रुबराज आर्यालले समाजले गरेका हरेक गतिविधीलाई सबैकासामू पुर्याउन मीडियाको महत्वपूर्ण भूमिका हुने हुँदा हरेक संघसंस्था र पत्रकार महासंघबीचमा सुमधुर सम्बन्ध हुनुपर्ने धारणा व्यक्त गर्दै समाजको ११ औं वार्सिकोत्सवको शुभकामना व्याक्ता गरेका थिए । तेस्तै गरि मेहेन्दोमय परिवारका अध्यक्ष हरिसिंह वाइवा लगायतका व्यक्तिहरुले मन्तव्य ब्यक्त गर्दै समाजलाई शुभकामना दिएका थिए । धादिङ तथा नुवाकोट जिल्लाका विभिन्न स्थानमा स्कुल लगायतका अन्य सामाजिक कार्य गर्ने तमु धी यूकेका अध्यक्ष ज्ञाम गुरुङ,तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, बेजिंगस्टोक नेपाली समाजका अध्यक्ष ओम गुरुङ लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई धन्यवाद स्वरूप सम्मान गरिएको थियो । तेस्तैगरि ग्राजुयट्स विद्यार्थी र आजीवन सदस्यहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो । कार्यक्रमको संचालन समाजका महासचिव बुद्धि बहादुर तामांगले कार्यक्रमको संचालन गरेका थिए भने उपाध्यक्ष दीपबहादुर तामांगले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको दोश्रो चरण अन्तर्गतको सांस्कृतिक कार्यक्रमलाई देवरानी गुरुङ र सन्तोक गुरुंगले संचालन गरेका थिए । नायिका एवं मोडल छुल्ठिम डोल्मा गुरुङ, गायिका मिना लामा, प्रतिष्ठा त्रिपाठी,पुष्पा गुरुङ,अविसा गुरुङ,सेंजिना तामांगले नृत्य प्रस्तुत गरेर मनोरंजन प्रदान गराएका थिए । कार्यक्रममा सयपत्री कल्चरल समुहका कलाकारहरु पुष्पा गुरुङ,प्रभु गुरुङ,अबिसा गुरुङ,सन्तोष विश्वकर्मा, कृष्ण पाख्रिन लगायतले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । तेस्तैगरी झाँकी नृत्य,लोकदोहोरी,सालैजो जस्ता प्रस्तुतिले थप मनोरंजन प्रदान गरेको थियो । स्थानीय अनिल गुरुङ, सन्तोक गुरुङ, मिलन लामा, मिलन गोम्जालेको गायन पनि उत्तिकै मनमोहक रह्यो ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1