पहिरोले जलविद्युत आयोजना बन्द

बागलुङ – गाउँलेले चन्दा संकलन गरेर बनाएका जिल्लाका दुई लघु जलविद्युत आयोजना बन्द हुँदा दुई हजार घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । निसीखोलाको वडा नं. २ देखि ५ सम्मका बासिन्दाले बालेको बिजुलीअन्र्तगत निसीखोला लघु जलविद्युत आयोजना दोश्रोको नहर पहिरोमा खसेपछि गाउँलेहरु अन्धकारमा बस्न बाध्य भएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । उक्त आयोजनाबाट १ हजार १ सय घर अन्धकारमा बस्न बाध्य भएका हुन् ।
१ सय किलोवाट क्षमताको यो विद्युतबाट स्थानीयले कुटानी पिसानी मिल पनि चलाएका थिए । त्यस्तै, फर्निचार, कुखुरापालन लगायतका घरेलु उद्योग संचालनमा थिए । ती उद्योगमा समेत क्षति भएको हो । एक साताअघि निसीखोला पहिलोको विद्युत गृहमा खराबी आएकोले मर्मत गर्न नसक्दा ९ सय घर अन्धकारमै थिए । १ सय किलोवाट क्षमताको यो बिजुली अभावमा मानिसले बिजुली बाल्न पाएका छैनन् । विद्युत अभावमा मोबाईल समेत चार्ज गर्न नसक्दा सम्पर्क पनि गर्न नसकेको उनीहरुले बताए । दुवै आयोजना बन्द भएपछि बोहोरागाउँ, देविस्थान, निसी, कालीगाउँ लगायतका गाउँ अन्धकार भएका हुन् ।
गत आइतबार बडाचौर भन्ने स्थानको पहिरोले निसीखोला लघु जलविद्युत दोश्रोमा क्षति पुगेको हो । पक्की कुलोको जग समेत बगाएकोले लाखैं खर्चेर मात्र बनाउन सकिने अवस्थामा पुगेको छ । त्यसका लागि स्थानीयले संभावनाको खोजी गरिरहेका छन् । यि दुवै आयोजना भएको स्थानमा राष्ट्रिय प्रसारण लाईनको विद्युत पुग्ने संभावना छैन । बर्षौ पुग्न नसक्ने देखेपछि स्थानीयले चन्दा संकलन गरेर बैकल्पिक उर्जा प्रवद्र्धन कार्यक्रमको सहयोग समेत जुटाएपछि दशक घि आयोजना बनाएका थिए । यो क्षेत्रका सबै गाउँमा लघुविद्युत मात्र छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित