‘नेपाल भ्रमण वर्ष २०२०’ लाई प्रवर्धन गर्दै बेलायतमा हाइक फर नेपाल

गोर्खा अनलाइन रेडियो यूके,
लन्डन । ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवर्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ । ‘हाइक फर नेपाल’ ले संयुक्त अधिराज्यको उक्त शहरलाई करीब चार घण्टा नेपालमय बनाएको थियो । करीब १२ किलोमिटरको पैदलयात्रालाई ‘नेपालका लागि सँगसँगै पाइला चालौँ’ नारा दिइएको थियो । वी विल राइज फाउण्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ ।
। बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले माउण्ट एभरेष्ट नामकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएको स्मरण गराउँदै यसै कारणले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताउनुभयो । पोइज काउण्टीका अध्यक्ष मेराडिथले नेपाललाई आफ्नो दोस्रो घर बताउँदै सुन्दर गाउँ धम्पुस र ब्रेकनबीच विशेष साइनो गाँस्न लागिएको जानकारी दिनुभयो । “यसैलाई आधिकारिकता दिन आगामी फेबु्रअरीमा १५ जनाको टोली लिएर हामी नेपाल जानेछौँ”, उहाँले थप्नुभयो । ब्रेकन नेपलिज सोसाइटीका प्रमुख सल्लाहकार खुशीमान गुरुङले साइनो गाँस्ने कामले मुलुकले फाइदा लिन सक्ने बताउँदै नेपाल प्रवद्र्धनात्मक कार्यक्रममा बेलायतवासीका तर्फबाट सम्पूर्ण सहयोग रहने आश्वासन दिनुभयो ।
पोखरेली मञ्च बेलायतको आयोजनात्मक र ब्रेकन नेपाली समाजको सक्रियतामा शनिबार भएको उक्त पैदलयात्रामा सहभागी हुन नेपालबाट १३ पटक सगरमाथा आरोहण गरिसक्नुभएका कीर्तिमानी आरोही फुर्वातेञ्जिङ शेर्पा, १६ विधामा गिनिज बुक अफ रेकर्डसमा नाम लेखाउनुभएका थानेश्वर गुरागार्इँ, वि विल राइज फाउण्डेशनका संस्थापक तुलसी गुरुङ र निर्देशक निर्मल श्रेष्ठ तथा सुरज गुरुङसमेत वेल्स पुग्नुभएको थियो ।
बेलायतमा आयोजित सो कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ अभियानमा टेवा पुग्ने आशा रहेको फाउण्डेशनका संस्थापक तुलसीले बताउनुभयो । करीब १५० नेपाली एवं विदेशी सहभागी पैदलयात्रामा स्थानीय बेलायतीले नेपालबारे जिज्ञासा राखेका थिए ।
नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवद्र्धनात्मक अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीको पनि रहेको उल्लेख गर्दै पोखरेली मञ्चका अध्यक्ष मन गुरुङले यसका लागि निरन्तर पहल गरिरहने बताउनुभयो । अघिल्लो वर्ष ५१ हजार बेलायती पर्यटक नेपाल पुगेको जनाउँदै दूतावासले २०२० मा सो संख्या एक लाख पु¥याउने लक्ष्य राखिएको जनाएको छ ।
Picture Source-Facebook

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित