हरियो स्टिकर नभएका चारपांग्रे सवारीसाधन भदौदेखि सञ्चालनमा रोक

काठमाडौं। सरकारले हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारीसाधनलाई भदौदेखि रोक लगाउने भएको छ। पछिल्लो समय सवारीसाधनबाट मानव स्वास्थ्यलाई हानि गर्ने गरी धुँवाको उत्सर्जन वृद्धि भएपछि यातायात व्यवस्था विभागले यस्तो व्यवस्था गर्न लागेको हो।

पहिलो चरणमा काठमाडौं उपत्यकासहित मुलुकभरका उपमहानगरपालिका र महानगरपालिकामा हरियो स्टिकर प्राप्त नगरेका चारपांग्रे सवारी सञ्चालनमा रोक लगाइनेछ। यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले प्रदूषण परीक्षणमा अनुत्तीर्ण निजी र सार्वजनिक चारपांग्रे सवारीसाधन सञ्चालनमा भदौदेखि रोक लगाइने जानकारी दिए। इन्जिन मर्मत नगरी सञ्चालन गरिने पुराना सवारीसाधनबाट निस्कने प्रदूषण नियन्त्रण गर्न यो व्यवस्था गर्न लागिएको हो। विभागले २०७५ वैशाख १ गतेदेखि नै प्रदूषण मापदण्डभित्र नपरेका सवारीमा पूर्ण बन्देज लगाउने निर्णय गरेको थियो। तर, पूर्वतयारी नभएकाले ढिला भएको हो।

उनले भने, ‘वैशाखमा नभएपछि साउन १ गतेदेखि नै हरियो स्टिकर अनिर्वाय गर्ने तयारी गरेका थियौं’, समयमै सम्पूर्ण कार्यालयमा प्रदूषण जाँच गर्ने उपकरण पुर्‍याउन सकेनौं। प्रदूषण जाँचका लागि कर्मचारीलाई तालिमसमेत उपलब्ध गराउन नसक्दा केही ढिला भयो।’ काठमाडौं उपत्यकासहित उपमहानगरपालिका र महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने चारपांग्रे सवारीसाधनले आफूलाई पायकपर्ने यातायात व्यवस्था कार्यालयमा परीक्षण गराएर हरियो स्टिकर लिनुपर्नेछ। प्रदूषण जाँच गरेर हरियो स्टिकर प्राप्त गर्न सवारीसाधनले ३५ रुपैयाँ शुल्क तिर्नुपर्नेछ। जाँचमा अनुत्तीर्ण भएका तर सञ्चालनमा रहेका सवारीसाधनबाट दुई हजार रुपैयाँसम्मको जरिवाना गराउने व्यवस्था छ।

पछिल्लो समय सवारीसाधनबाट मानव स्वास्थ्यलाई हानि गर्ने गरी धुँवाको उत्सर्जन वृद्धि भएपछि यातायात व्यवस्था विभागले यस्तो व्यवस्था गर्न लागेको हो। विभागले सवारीसाधनबाट हुने प्रदूषण वैज्ञानिक तवरबाट जाँच गर्न एक करोड ५० लाख रुपैयाँमा २०÷२० थान डिजेल स्मोक मिटर र ग्यास एनलाइजर खरिद गरेको छ। यी उपकरण जापानबाट ल्याइएको हो।

केही वर्षअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकामा चल्ने सवारीको धुँवाबाट ३८ प्रतिशत वायु प्रदूषण हुँदै आएको तथ्य सार्वजनिक गरेको थियो। सवारीसाधनबाट निस्कने धुँवाले मानव स्वास्थ्यमा निकै खतरा गर्ने स्वास्थ्यकर्मी बताउँछन्। सवारीसाधनले कार्वन मनोअक्साइड र हाइड्रो कार्वन फाल्ने गर्छ। राम्रो अवस्थामा रहेको इन्जिनले हाइड्रो कार्वन कम मात्रामा फाल्छ। सवारीसाधनले फालेको धुँवा पार्टिकुलेट म्याटर पीएम २ दशमलव ५ र पार्टिकुलेट म्याटर पीएम १ भन्दा सानो हुन्छ। जति सानो कण उतिनै बढी स्वास्थ्यका लागि हानिकारक हुन्छ।
अन्नपूर्णपोष्ट दैनिक

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित