हराएका एक व्यक्ति मृत भेटिए

रोल्पा – तेह्र दिनदेखि हराइरहेका रोल्पाका एक व्यक्तिको सोमबार शव भेटिएको छ । रोल्पा नगरपालिका–९ का ५८ वर्षीय आशबहादुर पुनको शव सडेको अवस्थामा भेटिएको हो । स्थानीय झ्यापुर धारा भिरको बाटो हँुदै घर फर्केका उनी मादकपदार्थ सेवनको कारण लडेको हुनसक्ने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताउनुभयो ।

मृतक पुन घरदेखि आठ किलोमिटर टाढा रहेका आफन्तको घरमा गएका थिए । घटनाका जानकारी पाउने बित्तिकै सदरमुकाम लिवाङबाट घटनास्थल पुगेको प्रहरी टोलीले शव निकाली अन्तिम संस्कारका लागि आफन्तलाई जिम्मा लगाएको थियो ।

लामो समयसम्म घर नफर्केपछि परिवारका सदस्यहरुले खोजी गर्दासमेत भेट्टाउन सकेका थिएनन् । गाउँलेहरुको सहयोगमा खोजी कार्य जारी राख्दा खोल्सामा कुहिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित