गोर्खा अनलाइन रेडियो यूके
लन्डन,फार्नबोरोस्थित भिलेज होटलमा नेपालीहरुको लगानीमा संचालित हुदै आएको जिनर्जी लिमिटेडले पत्रकार सम्मेलनको आयोजना गरि कम्पनीको बारेमा विगत र भविष्यको योजनाहरूबारे प्रष्ट परेको छ । सन् २०१४ बाट संचालनमा आएको यस कम्पनीले बेलायतमा ग्याँस र बिजुलीसम्बन्धि सेवा प्रदान गर्दै आइरहेको छ । करिब ११ हजार ग्राहकहरुले सेवा सुविधा प्राप्त गरिसकेको र सन् २०२० सम्ममा कम्तिमा ३० हजार ग्राहक पुर्याउने लक्ष्य लिएको सो कम्पनीमा हाल २४ जना गोर्खालीहरुले प्रत्यक्ष्य रुपमा रोजगारी प्राप्त गरिरहेको कम्पनीले बताएको छ । जीनार्जी लिमिटेडका सीइओ रिटायर्ड मेजर टिकेन्द्र देवानका अनुसार हाल चौथो वर्षमा आइपुग्दा यसको कारोवार १ करोड २० लाख पाउण्ड बराबरको पुगेको र उक्त कम्पनि ईनर्जिको क्षेत्रमा सामुदायिक रुपमा संचालित विश्वमा नै पहिलो प्रोजेक्टको रुपमा संचालित भएको छ ।
विशेषगरि बेलायतवासी गोर्खाहरुको बढी सहभागीता रहेको यस कम्पनीले नेपाली समुदायको हितमा बढी ध्यान दिदै आएको छ । ईनर्जी सप्लाई गर्दै आएका अन्य कम्पनीको तुलनामा आफूहरु पनि कुनै पनि क्षेत्रमा फरक नरहेको, प्राविधिक एवं गुणस्तरको रुपमा पनि समय अनुसार अघि बढ्दै आएको देवानले बताएका थिए । साथै यसमा लगानी गर्नको लागि पनि आव्हान गर्दै सेवा सुविधा लिनको लागि पनि नेपालीहरुलाई आग्रह गरेका थिए । हालसम्म ३ सय भन्दा बढी लगानी रहेको यस कम्पनिले ग्राहकको सुविधालाई मध्यनजर गर्दै लोयल्टी स्कीमको पनि व्यबस्था गर्दै आएको छ । जसको लागि संघसंस्थाहरुले कम्तिमा १० घर जीनर्जीमा दर्ता गराउनुपर्नेछ । यसवापत प्रत्येक घरको २० पाउण्डका दरले वार्षिक २ सय पाउण्ड बराबरको सुविधा पाउने व्यबस्था छ । विशुद्द नेपालीहरुद्वारा संचालनमा आएको यस कम्पनीले नेपाली समुदायलाई सस्तो सुलभ दरमा ग्यास तथा बिजुली प्रदान गर्ने लक्ष्य लिएको र नेपाली लगायत अन्य भाषामा बोल्न सक्ने नेपाली युवाहरुद्वारा ग्राहक सुविधा दिंदै आएको सीईओ टेकेन्द्र देवानले जनकारी दिए ।
हाल कम्पनीले अमेरिकी कम्पनि मशिनिस्ट्स यूएसए इंक तथा नेपाल जलविधुत क्षेत्रका साझेदारहरुको संलग्नतामा वेल्समा विधुत उत्पादनको सहकार्य गर्दै आइरहेको छ । पत्रकार सम्मेलनमा बोर्ड अफ डाइरेक्टर्स रिटायर्डकुलबहादुर थापाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । कम्पनीमा कार्यरत नेपाली युवाहरु तपस गुरुङ,शिशिर गुरुङ र विजय थापाले कम्पनीका बारेमा थप प्रष्ट पार्दै सेवा सुविधा लगायत प्राविधिक पक्षका बारेमा प्रष्ट परेका थिए । जीनार्जी कम्पनिसंग सहकार्य गर्दै आएका मशिनिस्ट्स यूएसए इंकका तर्फबाट डा. रेमण्ड डिभिज. साइडवाइडियो लिमिटेडका संस्थापक वेयन क्रम्प्टन र यूके नेपाल फ्रेन्डसीप सोसाइटीका अलान मार्सलले पनि आ-आफ्नो धारणा ब्यक्त प्रस्तुत गरेका थिए ।
विभिन्न संघसंस्थाका प्रतिनिधि व्यबसायी एवं पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्तमा जिनार्जीका बारेमा प्रश्नोत्तर कार्यक्रम गरिएको थियो । कम्पनीका तर्फबाट सबैका जिज्ञासालाई समाधान गर्दै पत्रकार सम्मेलनको समापन पश्चात खानपानको प्रबन्ध समेत गरिएको थियो । गत जुलाईमा भएको कम्पनीको वार्षिक साधारण सभामा प्रस्तुत हालसम्मको प्रगति विवरण तथा आगामी योजनाको बारेमा भएका निर्णयहरुलाई सार्वजनिक गराउने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको कम्पनीले बताएको छ । फोटोको लागि यहाँ क्लिक गर्नुहोला ।
नेपालीहरुद्वारा बेलायतमा संचालित जीनर्जी लिमिटेड मुनाफातार्फ़,लगानीकर्तालाई आव्हान
नेपालीहरुद्वारा बेलायतमा संचालित जीनर्जी लिमिटेड मुनाफातार्फ़,लगानीकर्तालाई आव्हान
तपाईको प्रतिक्रिया





