अन्तर्राष्ट्रिय युवा दिवस

इटहरी। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले युवाशक्तिलाई समृद्ध बनाउने अभियानमा सक्रिय गराउनका लागि ठोस नीति र कानून तयार गर्न छलफल भइरहेको बताउनुभएको छ ।

उण्डाइसौँ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समितिले आज इटहरीमा आयोजना गरेको ‘प्रादेशिक युवा नीति तथा ऐन निर्माण तथा अधिकार र भूमिका’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

प्रदेश सांसद सर्वध्वज सावाँ नेकपाका सुनसरी जिल्ला अध्यक्ष रमेश बस्नेत रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीलगायतले युवाहरुको चाहनाअनुसारका नीति र कानून बनाएर कार्यान्वयन गर्न सकियो भने मात्र राष्ट्र समृद्ध हुने चर्चा गर्नुभयो ।

युवा नेता अरुण खड्काले उक्त विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि अधिवक्ताद्वय वीरेन्द्र बस्तेत र किशोर कार्कीले टिप्पणी गर्नुभएको थियो । सोही अवसरमा मन्त्री कार्कीलाई युवाहरुले तयार पारेको युवा नीतिसम्बन्धी प्रतिवेदन हस्तान्तरण गरिएको थियो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित