गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, ‘चौतारीको लहरे पिपल, ओझेलै पार्यो बरको छायाँले जिन्दगीमा मलाई दुई कुराले ठग्यो, एउटा आफ्नो रुपैले हौ अर्को मायाले’ लोकदोहोरी गायक बैकुण्ठ महत यतिबेला लण्डनमा आइपुगेका छन् । गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेटघाट कार्यक्रममा सहभागी हुन् उनि लन्डन आएका हुन । करिब डेढ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा लाग्दै आएका गायक महतका थुप्रै लोकप्रिय सांगीतिक कोसेलीहरु बजारमा आइसकेका छन् । लोक विधाका थुप्रै गीतहरु गाएका महतका गीतहरु शन्देशमूलका र देशभक्तिले ओतप्रोत भएको पाइन्छ । ‘मागेजति बरदान पाको भा’ एल्बम मार्फत् संतितिक क्षेत्रमा प्रवेश गरेका महतका दर्जनौं लोकप्रिय गीतहरु चर्चित भएका छन् ।
गायक महतका ‘जाउँ है माया बटौली गाउँतिर,’ ‘औंठी स्वयम्बरको’, धोका दिन सख्त मनाही छ, दोस्ती पुरानो, दुनियाँलाई घात नगर, रेडियोमा गीत सुनेर, मिसकल हाने पुग्छ, मान्छेको जिन्दगानी, के छ तिम्रो ईच्छा, घाटाको कारोबार, पानी जहाज, मादल, हाम्रो नेपाल हामी नेपाली र दुई कुराले ठग्यो जस्ता गीतहरु बजारमा आइसकेका छन् । महतको लैझा रुमाल बैना लोकदेउडा गीत पनि उत्तिकै लोकप्रिय छ । पछिल्लो समयमा सांगीतिक यात्रामा निकै सक्रिय रहेका महतले दर्शकहरुलाई मजाले मनोरंजन दिंदै आएका छन् । नम्र स्वभाव र सभ्य व्यबहारले गर्दा पनि उनलाई सबैले रुचाउने गर्दछन । 
गुल्मी जिल्ला समाज यूकेको कार्यक्रम सकिय लगतै उनि कार्यक्रमको लागि खाडी मुलुक तर्फा लाग्दैछन । उनको साथमा गुल्मी जिल्ला समाजको कार्यक्रममा सहभागी हुनको लागि गायिका सुशिला गौताम पनि लन्डन आएकीछन । उनका पनि ‘माइतीको माया, बसायो बामरी हरर, गफ लायो सोल्टीले, जस्ता गीतहरु लोकप्रिय रहेका छन् ।
दुई कुराले ठगिएका गायक बैकुण्ठ महत लण्डनमा
दुई कुराले ठगिएका गायक बैकुण्ठ महत लण्डनमा
तपाईको प्रतिक्रिया





