पर्यटक उद्धार प्रक्रिया सहज बनाउन माग

काठमाडौँ – टे«किङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले पर्यटक उद्धार प्रक्रियालाई सहज बनाउन माग गरेका छन् ।

टानका अध्यक्ष नवराज दाहाल र नाट्टाका अध्यक्ष सिएन पाण्डेले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटक उद्धार प्रक्रिया झण्झटिलो हुँदा समयमा उद्धार नभई कतिपय पर्यटकले ज्यान समेत गुमाउनु परेकाले यसलाई सहज बनाउन माग गर्नुभएको हो ।

नाट्टाका अध्यक्ष पाण्डेले सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइरहेका बेला पर्यटक उद्धार प्रक्रिया झन्झटिलो हुँदा समस्या उत्पन्न हुने बताउनुभयो । “यस्तो प्रक्रियाले विदेशमा समेत नेपाली पर्यटनबारे नकारात्मक सन्देश जाने देखिन्छ,”–उहाँले भन्नुभयो ।

टान र नाट्टाले नेपालको पर्यटकीय क्षेत्रको पूर्वाधार ज्यादै निम्नस्तरको र कमजोर भएकाले जुनसुकै बेला पनि हुनसक्ने प्राकृतिक प्रकोपका कारण दुर्घटना हुने भएकाले पर्यटक उद्दार नीतिलाई सहज बनाई समयमै पर्यटकको उद्धार गर्ने व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका हुन् ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित