ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

पर्वत – दोविल्ला–फलेवास सडकखण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा भएको टयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

किराना सामान बोकेर पर्वतकै फलेवास नगरपालिका वडा नं २ थापाठानाका लागि गुडेको ग १ त २८२२ नंको ट्याक्टर गायत्री भन्ने स्थानमा हिजो दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बागलुङको बागलुङ नगरपालिका–१३ बलेवाका १६ वर्षीय कमल नेपालीको मृत्यु भएको छ । मृतक नेपालीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

दुर्घटनामा परी घाइते भएका सोही ठेगानाका २१ वर्षीय विवेक नेपालीको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ । ट्याक्टरका चालक बागलुङ नगरपालिका–१३ कै २९ वर्षीय डोलेन्द्र नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘ओभर लोड’ सहित तीव्र गतिमा रहेको ट्याक्टरको घुम्तीमा पुग्दासमेत गति नियन्त्रण नभएपछि सडककै नालीमा पल्टिएको थियो ।

रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित