गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, यहि अगष्ट ११ तारिखका दिन साँझ साउथ लन्डनमा बसोवास गर्ने महिलाहरुको समूह ‘दिदीबहिनी समूह’ ले नारीहरुको महान पर्व तीजको अवसर पारेर हरितालिका तीज कार्यक्रम २०१८ को आयोजना गर्न गैरहेका छन् । तीजको रमझममा मात्र नभएर यसपटकको तीज कार्यक्रम भने सामाजिक कार्यको लागि समर्पित रहेको छ । प्लमस्टिडस्थित श्री पशुपतिनाथ मन्दिरको सहयोगार्थ तीजको कार्यक्रम गर्न लागिएको कार्यक्रम आयोजक दिदीबहिनी समूहले जानकारी दिएका छन् । सांझ ५ बजेदेखि रातको १०:३० बजेसम्म संचालन हुने उक्त तीज कार्यक्रममका लागि १५ पाउण्ड निर्धारण गरिएको छ । कार्यक्रममा उपस्थिति भएर सयोग गरिदिनुहुनको सम्पूर्ण दाजुभाइहरुलाई समेत आग्रह गरिएको छ ।
पदको विभाजन नगरी समान हैसियतले काम गरेर अगाडी बढेर उदाह्रनीय काम गर्ने लक्ष्य लिएका दिदीबहिनी समूहमा अनिता केसी, माया केसी,अर्चना लिम्बु, बसन्ती रानामगर,श्रद्दा थापा,लक्ष्मी तिमिल्सिना, अञ्जना थापा, तिना थापा, हिमा क्षेत्री.लक्ष्मी बस्नेत,उमा गुरुङ ,एलिना शेर्ष्ठ, र संगीता थापा लगायतका दिदीबहिनीहरु समावेस रहेका छन् ।





