गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, बेलायतवासी क्षेत्रीहरुको बाक्लो उपस्थितीका क्षेत्री सम्माज बेलायतले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । अल्डरसटस्थित कर्नट स्कुलमा आयोजीत कार्यक्रममा ३ सयभन्दा बढिको सहभागिता रहेको थियो । हरेक वर्ष गरिने हिउँदे वार्षिक भेटघाटमा बेलायतभरिका क्षेत्रीहरुको सहभागीता रहँदै आएको छ । समाजका अध्यक्ष राजन कुमार क्षेत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा नेपाली दूतावासका मिलिटरी एट्याची कर्नेल कुमारबाबु थापाको उपस्थिति रहेको थियो । प्रमुख अतिथी थापाले क्षेत्री समाजले गर्दै आएको सामाजिक कार्यहरुको प्रशंसा गर्दै बेलायतवासी समस्त नेपालीहरिबीच एकता गर्दै अगाडी बधन्को लागि माध्यम बन्न समाजलाई आग्राह गरेका थिए । समाजका सल्लाहकार तथा एनआरएन आइसीसी सदस्य रामशरण सिम्खडाले कला, संस्कृति र परम्परालाई निरन्तरता दिंदै सामाजिक कार्यलाई अगाडी बढाउँदै क्षेत्री समाजले छोटो समयमा महत्वपूर्ण कार्यहरु गर्दै आएको र आगामी भविष्यमा अझ बढी शसक्त बन्दै जाने धारणा ब्यक्त गरेका थिए ।
पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्यालले क्षेत्री समाज बेलायत नेपाली समुदायमा एक अग्रणी सामाजिक संस्थाको रुपमा रहेको र समाजका हरेक क्रियाकलापमा सकारात्मक सहयोग र सहाकार्य गर्न बेलातातस्थित पत्रकारहरु तयार रहेको धारणा ब्यक्त गरेका थिए । तेस्तैगरी क्षेत्री समाज बेलायतका अधक्ष्य राजनकुमार क्षेत्रीले आगामी वर्षदेखि नेपालमा सहयोगको आवश्यकतामा रहेका विभिन्न क्षेत्र पहिचान गरि सहयोगका लागि बेलायतमा च्यारिटी कार्यक्रम गर्ने योजना रहेको बताएका थिए । कार्यक्रममा उपस्थिति जनाएर सफल पार्नको लागि भूमिका निर्वाह गर्ने सबैलाई धन्यबाद ब्यक्त गरेका थिए । तीन सयभन्दा बढीको सहभागीता रहेको यसपटकको वार्षिक भेटघाटमा समाजका आजीवन सदस्यहरुलाई स्वागत तथा सम्मान लगायत विभिन्न तहमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान तथा प्रशंसापत्र वितरण गरियको थियो । समाजका आजीवन सदस्य तथा सफल समाजसेवी एवं व्यबसायी रबिजंग लामिछानेलाई समाजलाई पर्याएको योदान स्वरूप विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामी,पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्य,पासा पुछ यूकेका अध्यक्ष कुमार श्रेष्ठ,क्याट यूके अध्यक्ष देवेन्द्र श्रेष्ठ,ठकुरी समाज यूके अध्यक्ष, भक्तबहादुर शाही लगायत समाजका सल्लाहकारहरु भिम बानिया,धन क्षेत्री,प्रेम खड्का,धन कुँवर,रुद्र खड्का लगायको उपस्थिती रहेको थियो | कार्यक्रमको संचालन समाजका महासचिव कुमार केसीले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रमका संयोजक तथा उपाध्यक्ष यज्ञ क्षेत्रीले दिएका थिए । कार्यक्रममा धन्यबाद मन्तव्य समाजका उपाध्यक्ष रिटायर्ड क्याप्टेन टेक बहादुर जीसीले ब्यक्त गरेका थिए । कार्यक्रमको दोस्रो चरणमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो | सुनिता थापाद्वारा संचालित उक्त कार्यक्रममा नेपालबाट आएका चर्चित लोकदोहोरी गायक विमलराज क्षेत्री,गायिका चन्द्रा कार्की,र बद्री केसीले विभिन्न किसिमका सांगीतिक सौगातहरु पस्किएर मनोरंजन दिलाएका थिए । कार्यक्रममा स्स्थानीय कलाकारहरुले पनि सहभागीत्ता जनाएका थिए । डीजे हेम विष्टको डान्सिंग नम्बरमा धेरैले मनोरंजन गरेका थिए । कार्यक्रम सफल भएकोमा यसलाई सहयोग पुर्याउने सबैप्रति क्षेत्री समाजले कृतज्ञता ब्यक्त गरेको छ । 
क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट भव्य रुपमा सम्पन्न,
क्षेत्री समाज बेलायतको वार्षिक भेटघाट भव्य रुपमा सम्पन्न,
तपाईको प्रतिक्रिया





