कसिङ्गरमुक्त बन्दै महानगरपालिका

ललितपुर – ललितपुर महानगरपालिका कसिङ्गरमुक्त बन्ने भएको छ । आगामी चार वर्षमा नगरक्षेत्रलाई कसिङ्गरमुक्त बनाउने गरी अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ ।

नगरक्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहेकाले अहिले आफूले त्यसमा ध्यान दिएको नगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । अहिले महानगरको फोहरमैला व्यवस्थापनमा जनशक्ति मात्रै खटिएकामा उपकरणको प्रयोगसमेत बढाउनेमा जोड दिँदै उहाँले भन्नुभयो, “हामीले आधुनिक तरिकाले र दीर्घकालीनरुपमा फोहरमैला व्यवस्थापनको योजना बनाएका छौँ ।”

महानगरपालिकाले आर्थिक वर्षबाट फोहरमैलामा मुख्य समस्याको रुपमा रहेको प्लाष्टिकको प्रयोगमा रोक लगाएको छ । नगरप्रमुख महर्जनले जोड दिनुभयो, “हामीले प्लाष्टिकको झोलाको साटोमा कागज र कपडाको झोलालाई प्राथमिकता दिएका छौं ।” महानगरपालिकाले फोहरमैलाको संकलनसँगै वर्गीकरण र ढुवानीमा समेत अध्ययन गरिरहेको छ । दीर्घकालीन फोहर व्यवस्थापनका लागि अन्तिम निष्काशन स्थानको व्यवस्थापनमा महानगर लागेको छ । फोहरमैलाको वर्गीकरण गरे पनि प्राङ्गारिक फोहरलाई कम्पोष्ट मल बनाउन सकिन्छ । पुनः प्रशोधन र पुनः प्रयोग गर्न सकिने फोहरका बिषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभो ।

फोहरमैलाको व्यवस्थापनमा नागरिक समाज र विभिन्न संघ–संस्थासँग समेतलाई सहकार्यकार्यका लागि पहल गर्ने महानगरपालिकाको योजना छ ।

महानगरपालिकाको साबिकको गाविस क्षेत्रमा भन्दा नगरको भित्री भागमा फोहरमैला व्यवस्थापन चुनौतीका रुपमा रहको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित