नुवाकोटमा पुस्तक पठन मेला

नुवाकोट – वर्षे बिदामा रहेका विद्यार्थीलाई अध्ययनमा संलग्न गराउन विदुर नगरपालिका–६ मान्द्रेढुंगास्थित मान्द्रेढुंगा आधारभूत विद्यालयमा सञ्चालन भएको पुस्तक पठन मेलामा सयौं विद्यार्थीले सहभागिता जनाएका छन् ।

विद्याथीहरूबीच पठन संस्कारको विकास र विदाका समयमा बराल्लिएका विद्यार्थीलाई पठनकार्यमा सहभागी गराउने उद्देश्यले पुस्तक पठन मेला आयोजना गरिएको आयोजक मान्द्रेढुंगा आधारभूत विद्यालयका प्रधानाध्यापक सान्नानी सापकोटाले बताउनुभयो ।
रुम टु रिडको सहयोगमा आयोजना भएको एक दिने पठन मेलामा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकसमेत गरी ३००जनाको सहभागिता थियो ।

पठन मेलामा स्वतन्त्र पढाइ, सस्वर पढाइ, अक्षर अनुच्छेद लेखन र पढाइ दौड प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । स्वतन्त्र पठन प्रतियोगितामा जल्पादेवी माविका कक्षा चारका छात्रा भूमिका चालिसेले ४३ सेकेन्डमा १०४ शब्द पढेर प्रथम हुनुभयो भने सोही समयमा ९४ शब्द भएको पुस्तक पढेर आयूष प्याकुरेल द्वितीय हुनुभयो ।

अनुच्छेद लेखन प्रतियोगितामा चार मिनेट समयमा सबैभन्दा शुद्ध र राम्रा अक्षर लेखेर मान्द्रेढुंगा आधारभूत विद्यालयकी कमला राई प्रथम हुनुभयो ।

पढाइ दौड प्रतियोगितामा मान्द्रेढुंगाकै कक्षा ४ का छात्रा सन्जिता राई पहिलो हुनुभयो । विजयी विद्यार्थीलाई रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी र रुम टु रिडका वरिष्ट कार्यक्रमसहायक वटुराम भण्डारीले पुरस्कार वितरण गर्नुभएको थियो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित