बलात्कारका तीन घटना : तीन अभियुक्त पक्राउ

कैलाली । महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका-१ बस्ने ३६ वर्षीय तिर्थराज तिवारीलाई प्रहरीले पक्राउ गरेको छ।

तिवारीले साउन ११ गते घोडाघोडी नगरपालिका-२ घर भई हाल टिकापुर नगरपालिका-२ मा बस्दै गरेकी ३४ वर्षीया महिलालाई जोतिष हेर्ने बहाना बनाई जवरजस्ती करणी गरेको बताइएको छ।

सोही दिनदेखि भागी फरार भएका तिवारीलाई प्रहरीले उनकै घरमा बसिरहेको अबस्थामा मंगलबार फेला पारी पक्राउ गरेको हो।

त्यस्तै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-७ नगदेश बस्ने धादिङ फेदी घर भएकी १८ वर्षीया युवतीलाई जवरजस्ती करणी गरेको अभियोगमा काभ्रे तिमाल गाउँपालिका-३ घर भई हाल सूर्यबिनायक नगरपालिका-८ सिपाडोल बस्ने २४ वर्षीय जमान तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

रोल्पामा पनि वृद्धा बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन्। गंगादेव गाउँपालिका-५ फुलवास बस्ने ६२ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५२ वर्षीय असे घर्तीलाई प्रहरीले पक्राउ गरेको हो।

साउन १३ गते माईतीघर कालाभिरबाट फर्कने क्रममा मादक पदार्थ सेवन गरी बाटोमा सुतिरहेको अवस्थामा ती महिलालाई घर्तीले जवरजस्ती करणी गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित