रत्ननगर, चितवन – चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरास्थित खोरमा राखिएको दुर्लभ पाटेबाघ हिजो मरेको छ ।

दाहिने खुट्टाको पञ्जामा लागेको चोटका कारण इन्फेक्सन भएर आज पाटेबाघ मरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिनुभयो ।

करीब १०–११ वर्षको उक्त बाघलाई तीन महिनाअघि पूर्वी चितवनको खगेन्द्रमल्ली रेञ्जपोष्टअन्तर्गत पर्ने राप्ती एकता मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरी खोरमा ल्याएर राखिएको थियो ।

“हिजोसम्म राम्ररी मासु खाँदै थियो”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भन्नुभयो, “आज मासु हाल्न जाँदा मरेको भेटियो ।” आठ–दश दिनदेखि बिरामी परेको बाघलाई पशुचिकित्सक डा कमल गैरेको नेतृत्वको टोलीले उपचार गरिरहेको भए पनि सफल हुन नसकेको ढकालको भनाइ छ ।

उक्त बाघले सो क्षेत्रमा करीब २० वटा जति पशुवस्तु खाएको थियो भने एक जना मानिसलाई समेत आक्रमण गरी घाइते बनाएपछि निकुञ्जले नियन्त्रणमा ल्याएर खोरमा राखेको थियो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित