जुवाडे विरुद्ध मुद्दा दर्ता

नवलपरासी – पूर्वी नवलपरासीको देवचुली नगरपालिकास्थित दलदलेको एक घरमा जुवा खेल्दै गरेका ६ जना जुवाडेलाई पक्राउ गरी आजै प्रहरीले मुद्दा दर्ता गरेको छ ।

उनीहरुलाई जुवा ऐनअनुसार कारवाही गर्न मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जानकारी दिएको छ । उनीहरुबाट रु ३३ हजार ३५५ पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

देवचुली नगरपालिका–१३ स्थित सन्तोष मगरको घरमा जुवा खेल्दै गरेका ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा लगिएको छ ।

जुवाडेलाई जिल्ला अदालतबाट म्याद थप गरेर पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । उनीहरुबाट प्राप्त रकम जफत र हदैसम्मको कारवाही माग गरेर प्रहरीले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित