पूर्वएमालेभित्र विवाद, एउटा समूह कांग्रेससँग मिल्यो

काठमाडौं। दुई ठूला कम्युनष्टि पार्टी एक भएर इतिहासकै ठूलो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ। इतिहासकै शक्तिशाली पार्टी बनेसँगै नेकपालाई कमजोर पार्ने विभिन्न षडयन्त्रहरू भैरहेको विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँले पटक पटक सर्वजनिक रुपमा भाषण नै गर्दै हिडेका छन। यद्यपी पार्टीलाई कमजोर बनाउन केन्द्रीयस्तरकै नेताहरूको सक्रियतालाई नेकपाले नजरअन्दाज गरेको देखिएको छ ।

नेकपाका नेता मुकुन्द न्यौपानेले पार्टीको विषयगत क्षेत्राधिकार बाहिर गएर नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा आफूले मागेको पद नपाएका पर्यटन व्यवसायीलाई जम्मा गरेर सामानान्तर संगठन स्थापना गरे।

अहिले त्यसको बाछिटा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)को निर्वाचनमा समेत देखाइदिएका छन्। नेपाल कम्युनिष्ट पार्टीका नाममा सम्पूर्ण वामपन्थीहरू एक भैरहेको समयमा न्यौपानेले भने भएका वामपन्थीहरूलाई नेपाली कांग्रेस निकटका व्यवसायीको स्वार्थमा मिसाइदिएका छन्।

जसका कारण तत्काली नेकपा एमाले समर्थक भनेर चिनिएका हाल नेकपाका शुभेच्छुक नै भिटोफको अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीमा पुगेका छन।

न्यौपानेले संरक्षण गरेर हुर्काउन खोजेको समूहले नेपाली कांग्रेस निकटका व्यसायीलाई साथ दिँदै अध्यक्षमा ध्रुव सिंखडालाई साथ दिएको छ।

त्यस्तै नेकपाको आधिकारिक संस्थापन समूहले भिटोफमा वर्तमान महासचिव वासु पाण्डेलाई अध्यक्षको प्रत्यासीका रुपमा आघि सारी समूह तयार गरेको छ।

देशैभर नेकपा एक भएको सन्देश दिन नेकपाका अध्यक्षद्धयलाई भ्याइनभ्याइ भैरहेको समयमा न्यौपाने भने पर्यटन व्यवसायमा संगठित भएका व्यवसायीलाई टुक्राटुक्रा पारे कांग्रेसको समूहसँग सहकार्य गराउने अवस्थामा पुगेका छन।

पछिल्लो चार वर्षको अबधिलाई हेर्ने हो भने पर्यटनका व्यवसायिक संगठनहरुमा नेकपाले आफ्ना समर्थक व्यवसायीलाई नेतृत्वमा पुर्याउन सफल भएको देखिन्छ।

न्यौपानेले पर्यटन भएको संगठन समेत ध्वस्त पार्न थालेपछि नेकपाका नेता एवम् तत्कालीन एमालेका पर्यटन प्रवर्द्धन विभागका प्रमुख सूर्य थापा आफैँ पार्टी नेतृत्वका सामू न्यौँपानेको पार्टीहित विपरित गरेको गतिबिधि उजुरीको रुपमा जानकारी गराएका छन्।

देशैभर नेकपा एक भएको सन्देश प्रवाह हुनुपर्ने अवस्थामा न्यौपानेले पर्यटन क्षेत्रमा कांग्रेसलाई काखी च्यापेर के प्राप्त गर्न खोजेका हुन् भन्दै ठमेलका चोक र गल्लीमा गफ हुन थालेको छ।

भिटोभको नेतृत्वमा वर्तमान महासचिव वासु पौडेलको नेतृत्वको समूहले बाजी मार्ने निश्चित भएपनि कांग्रेसको बुईचढेर नेकपाकै साथीहरु चुनावी प्रतिस्पर्धामा आउनु गलत भएको भन्दै धेरै व्यवसायीले चिन्ता प्रकट गरेका छन्।

न्यौपानेलाई साथ दिने सीताराम सापकोटा, कुमार थापा र राजेन्द्र सपाकोटा अहिले भिटोफको निर्वाचनमा नेकपा निकटका व्यवसायीलाई भन्दा पनि कांग्रेस निकटका व्यवसायीलाई जिताउने अभियानमा कम्मर कसेर लागेका छन्।

भिटोफमा कांग्रेस समर्थकलाई जिताउन लाग्नेमा आग्रपंक्तिमा कुनै समय दिनेश अधिकारी चरीको व्यवसायिक साझेदार समेत रहेका पर्यटन व्यवयासी संगठन नेपालका उपाध्यक्ष कुमार थापा अग्रमोर्चामा रहेका छन्।

उनी जुनसुकै मूल्य चुकाएर भए पनि कांग्रेससहितको टिम जिताउने अभियानमा लागेका छन् । आसाइ ट्रेक्सका मालिक समेत रहेका थापा फेक रेस्क्युको छानविनको दायरामा रहेका व्यवसायी हुन्।
नेपाल समाचारपत्र

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित