गोर्खा नालाइन रेडियो यूके,
हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर नेपाली बजारमा तीजका गीतहरुको होडबाजी चलिरहेको छ । तीज सम्बन्धी धेरै गीतहरु बजारमा आईसकेका र आउने क्रम निरन्तर जारी छन् । त्यस्तै लोक दोहोरी गायक नविन पौडेलको कमेडी गीत ‘बैष आको छोरीलार्इ’ बोलको गीतको म्यूजिक भिडियो अहिले निकै चर्चामा रहेको छ । गायक नविन पौडेल , पुर्णकला वीसी र भुमिका शाह शंकरको स्वरले सजिएको उक्त गीतमा नविन पौडेल स्वयंको लय तथा शव्द रहेको छ । उक्त गीत छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल भएको छ । यस म्यूजिक भीडीयोमा विक्रम चौहानले निर्देशन तथा प्रकाश खड्काले छायांकन रहेको छ । भीडीयोलाई थप मनोरंजन प्रदान गराउन कमेडीयन शिवहरी पौडेल (मुखमा हानु जस्तो) र टिका जैशिले अभिनयले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसलाई गीतलाइ रक्षा म्युजिकले बजारमा ल्याएको हो ।
म्यूजिक भिडियो हेर्नुहोला ।
[embedyt] https://www.youtube.com/watch?v=c7cMeEhUO3M[/embedyt]





