एनआरएन ४ दर्जन नेताहरु जर्मनीमा

गोर्खा अनलाइन रेडियो यूके,

फ्रयांकफर्ट । गैरआवासीय नेपाली संघको आइतवार देखी लग्जेम्वर्गमा हुने ११ औं क्षेत्रीय सम्मेलनमा भाग लिन हिडेका ४ दर्जन भन्दा बढी एनआरएन नेताहरु फ्रयांकफर्डमा जम्मा भएका छन् ।
संघका महासचिव डा. बद्रि केसी, सहित रसियाबाट आएको ९ जनाको टोली शुक्रवार साँझ यहाँ उत्रिएको छ । यस्तै गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक गौरी जोशी, एनआरएन आइसीसी सल्लाहाकार हिरिवोल भण्डारी, आइसीसी सदस्य (अमेरिका) राजन त्रिपाठी, फ्रयांकफर्ट आएका छन् । एनआरएन मध्यपूर्व संयोजक आरके शर्मा समेत शुक्रवारनै उत्रिए ।
यस्तै गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट शनिवार विहान फ्रयांकफर्ट उत्रिने तयारीमा छन् ।
भट्टको सम्मान शनिवार विहान एनआरएन जर्मनीले एक स्वातग तथा सम्मानको कार्यक्रम गर्ने तयारी गरेको छ । गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, सल्लाहकार डा. हेमराज शर्मा, आइसीसी सदस्य महेश श्रेष्ठ (जापान), साहित्यकारद्धय डा. रविन्द्र समिर, अमर न्यौपाने सहित करिब ५० जनाको टोली शनिवार विहान लग्जेम्वर्ग प्रस्थान गर्दैछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित