गोर्खा अनलाइन रेडियो यूके,
लण्डन। नेपालब्रिटेन डट कमको सकृयतामा बेलायतवासी नेपालीले आईना बार्काको परोपकारी कार्यमा आर्थिक सहयोग जुटाइरहेका छन् । स्पेनमा जन्मेकी आईनाले एक्काईस वर्षको उमेरदेखि नेपालमा सुस्तमनःस्थिति र अपाङ्ग बालबालिकाको शिक्षादीक्षा र भरणपोषणका लागि काम गर्दै आएकी छिन् । नेपालब्रिटेन डट कमका सम्पादक नारायण गाउँलेको पहल एनआरएन युकेको सकृयतामा बार्कालाई सहयोग संकलन गर्न लागिएको हो । आईना नेपालब्रिटेन डट कमको निमन्त्रणमा वेलायत आएकी हुन् । नेपालब्रिटेनडटकमको वार्षिक कार्यक्रममा आधा घण्टा लामो प्रस्तुति दिएकी थिइन् । उनले नेपालमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको कष्टकर जीवनबारे प्रकाश पार्दै तिनको मायाले आफूलाई नेपालसँग जोडेको बताइन् । आइनाको प्रस्तुती रहने थाहा पाए पछि एनआरएन उपाध्यक्ष कुल आचार्य, एनआरएनएका संस्थापक सचिब चिरन्जीवी ढकाल समूहले नेपालब्रिटेन डट कमको कार्यक्रम भाड्न एक दिन अघि विज्ञप्ति जारी गरेको थियो । उनको सहयोगको लागि लक्ष्मी राई (लारा) ले सकृय भूमिका निवाह गरेकी थिइन् । आएनालाई समाजसेवीहरू कृष्ण भट्ट, कृष्ण तिमिलसिना, विजन भट्ट, वरिष्ठ पत्रकार भगीरथ योगी प्रबुद्ध व्यक्तिहरूले आईनालाई भेटेर संयुक्त रूपमा विशेष सहयोगको वचन दिएका छन् । सहयोग संकलन जारी रहेको नेपालब्रिटेन डट कमले जनाएको छ ।
नेपालब्रिटेन डट कमको पहलमा आईनाको स्कुललाई ७ लाख रुपैयाँ संकलन
नेपालब्रिटेन डट कमको पहलमा आईनाको स्कुललाई ७ लाख रुपैयाँ संकलन
तपाईको प्रतिक्रिया





