• Home
  • विविध
    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना

ट्रेण्डिङ :

        कोरोना एनआरएनए यूके कोरोना नेपाल भ्रमण वर्ष NRN nrna नेपाली मेला बेलायत कोरोना पत्रकार महासंघ यूके नेपाल कोरोना

एनआरएनको क्षेत्रीय बैठकका लागि एक दर्जन नेताहरु युरोपमा


  •     / ११ श्रावण २०७५, शुक्रबार ०७:०८ प्रकाशीत

  • Advertisement

    गोर्खा अनलाइन रेडियो यूके.

    फ्रयांकफर्ड । गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक आगामी आइतबारबाट सुरु हुने भएको छ । “युरोपिय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी” भन्ने मुल नाराका साथ लक्जेम्बर्गस्थित हिल्टन होटलमा आयोजना गरिने दुई दिने बैठकको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता भूषण घिमिरेले जानकारी दिनुभयो । यसपटकको बैठक विशेषगरी नेपालमा पूँजी सहित ज्ञान, सीप र दक्षता भित्र्याउने र नेपालको पर्यटन प्रवर्धनमा केन्द्रित रहने प्रवक्ता घिमिरेले बताउनुभयो ।
    गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर आगामी अक्टोवर १३ र १४ तारिखमा काठमाडौंमा हुने भनिएको विज्ञ सम्मेलनको पूर्वतयारीस्वरुप पनि यो बैठकको आयोजना गरिएको एनआरएनएले जनाएको छ । युरोप क्षेत्रबाट ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणका विषयमा हुनसक्ने योगदानको खोजी गरिनुका साथै सो क्षेत्रबाट एक अर्बको लगानी नेपालमा भित्र्याउने लक्ष्य बैठकको रहेको छ ।
    बैठकमा युरोपीय बैठकमा एनआरएनका आन्तरिक विषयहरु तथा कार्य समीक्षा, एनआरएन अभियानमा युवा तथा नयाँ पुस्तालाई सहभागी गराउँदै नेपाली भाषा र संस्कृतिको जगेर्ना गराउने विषय, युरोपमा नेपालीको बढ्दो उपस्थिति र उनीहरुले भोग्नु परेका समस्या र समाधानका उपाय, युरोपमा नेपालको पर्यटन प्रवर्धन गर्ने उपाय, नेपालमा लगानीको अवसर, सबै बालबालिकालाई शिक्षा अभियानमा एनआरएनको सहभागिता, एनआरएनएको विधान, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली नागरिकता लगायतका १५ भन्दा बढी बुँदामा बृहत छलफल हुने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
    बैठकमा नेपालबाट माननीय परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली प्रमुख अतिथिको रुपमा र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई विशेष अतिथिका रुपमा सहभागी हुनेहुनेछ । आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश कार्यक्रमका अर्का विशेष अतिथिका रुपमा उपस्थित हुने आइसीसीका युरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवाले जानकारी दिनुभयो ।
    यसका साथै नेपाल सरकारका कुटनीतिक क्षेत्र लगायत उच्च पदस्थ व्यक्तित्वहरु, उद्योग वाणिज्य महासंघका प्रतिनिधि तथा नेपाल र लग्जम्बर्गका निजी क्षेत्रका व्यवसायिक प्रतिनिधि, संचारकर्मी लगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरु बैठकमा सहभागी हुने बरुवालले बताउनुभयो ।
    बैठकमा एनआरएनएका अध्यक्ष, संस्थापक अध्यक्ष पूर्व अध्यक्षहरु, संरक्षकहरु, आइसिसिका पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुको साथै युरोपस्थित संघको २७ देशका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु साथै युरोप क्षेत्रका उपसंयोजकहरु, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, युरोप क्षेत्रका आईसीसी सदस्यहरु, आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरु, संचारकर्मीहरु लगायत करीब ५ सय जना सहभागी हुने बरुवालले बताउनुभयो ।
    बैठकले राष्ट्र निर्माणमा साझेदार बन्नका लागि एक महत्वपूर्ण सेतुको रुपमा भूमिका निर्वाह गर्दै मुलुकमा आर्थिक लगानीसँगै बौद्धिक लगानीको बाटो खोल्ने वातावरण निर्माण गर्ने संघले जनाएको छ । यस्तै क्षेत्रीय महिला बैठकमा संघको महिला फोरमले युरोप क्षेत्रमा रहेका नेपाली महिलाहरुको समस्याका बारेमा समेत बृहत छलफल गर्ने बताइएको छ ।
    यसैबीच बैठकमा संघले नेपाल पर्यटन बोर्डको सहकार्यमा सञ्चालन गरेको भिडियो च्यालेन्ज प्रतियोगितामा सहभागी भिडियोहरुमध्ये छानिएका भिडियोहरु समेत प्रदर्शन गर्ने संघले जनाएको छ ।

    – चिरन शर्मा, समाचार संयोजक, एनआरएनए

    Like this:

    Like Loading…

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    केन्द्रिय मगर संघ यूकेको युवा विभाग अध्यक्षमा दीपक थापा माइथाने
    गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा गायन र नृत्य रियालिटी शो मा छानिए बेलायतबाट ८ प्रतिभा
    संघीय संसद्को हिउँदे अधिवेशन ||LIVE||
    Advertisement
    ताजा अपडेट
    • १. लन्डनको १७औँ नेपाली मेला : शोकलाई सेवामा बदल्दै दशौँ हजार सहभागी

    • २. तीजको उल्लास,पीडितप्रति ऐक्यबद्धता: नेप्लिज लेडिज कम्युनिटीको राहतसहयोगी तीज सम्पन्न

    • ३.  ‘अच्छा लेकिन लन्डनको चिसोले सताउला’ भन्ने गीतलाई चुनौती दिँदै बेलायतको मौसम

    • ४. क्षेत्री समाज यूकेद्वारा ब्रड पिक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त, निम्स पुर्जासहित मृतकहरूप्रति श्रद्धाञ्जली

    • ५. विश्वभरका नेपाली पत्रकारहरुलाई एउटै मञ्चमा जोड्ने अन्तिम तयारीमा जापान शाखा

    धेरै पढिएको
    • १. लन्डनको १७औँ नेपाली मेला : शोकलाई सेवामा बदल्दै दशौँ हजार सहभागी

    • २. तीजको उल्लास,पीडितप्रति ऐक्यबद्धता: नेप्लिज लेडिज कम्युनिटीको राहतसहयोगी तीज सम्पन्न

    © 2016-2024 Gurkha Radio- गोर्खा रेडियो | All rights Reserved.
     Website By :  WebsoftNepal

    Gurkha Radio- गोर्खा रेडियो

    • बेलायत
    • नेपाल
    • प्रवास
    • कला/साहित्य
    • मनोरञ्जन
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • मल्टीमिडिया
    • कार्यक्रमहरु
      • Gurkha News
      • Audio Notes
      • Back
    • फोटो डायरी
    • एनआरएन
    • विविध
      • सूचना
      • रोचक
      • शुभकामना
      • Back

    Loading Comments...

      %d