सुरक्षा निकायलाई खोज तथा उद्धारका सामग्री प्रदान

बर्दिया । जिल्ला विपद् व्यवस्थापन समितिले विपद्को बेला आवश्यक पर्ने सामग्री सुरक्षा निकायलाई प्रदान गरेको छ।

उक्त समितिको समन्वयमा जिल्लाका सबै स्थानीय तहबाट प्राप्त आर्थिक सहयोगबाट जिल्ला प्रहरी कार्यालय सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा कार्यालय गुलरिया, भैरवप्रसाद सुरक्षा गुल्म गुलरिया, शिवदल गण ठाकुरद्वारा र जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई रु १५ लाख बराबरका सामग्री हस्तान्तरण गरिएको हो।

जिल्लामा विपद्का बेला खोज तथा उद्धार कार्यका लागि सुरक्षाकर्मीलाई आवश्यक सामग्रीको अभाव हुँदै आएकाले स्थानीय तहसग अनुरोध गरेर खोज तथा उद्धार सामग्री उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए।

उनले बाढीका कारण जिल्लाका कतिपय भाग जोखिममा पर्ने भएकाले विपद्का बेला हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री हस्तान्तरणले ठूलो सहयोग पुग्ने बताए। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय गुलरियाका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कोइरालाले विपद्का बेला उद्धारका लागि प्राप्त सामग्री निकै उपयोगी हुने बताए।

यसै वर्ष नेपाल रेडक्रस सोसाइटीले समेत रवर बोटलगायत खोज तथा उद्धार कार्यमा आवश्यक पर्ने रु नौ लाख बराबरको सामग्रीसमेत स्थानीय विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित