गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु) क्षेत्रीलाई दशककै कूटनीतिज्ञको उपाधिद्वारा सम्मानित गरिएको छ । पछिल्लो एक दशकमा कूटनीतिक क्षेत्रमा डा. सुवेदीले पु¥याएको योगदानको कदर गर्दै उक्त उपाधिले सम्मान गरिएको हो । नेपाल ब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सांसद डा. सूर्य पाठकले राजदूत डा. सुवेदीलाई दशककै कूटनीतिज्ञको उपाधिले सम्मान गरे । साहित्यिक उपनाम दुबसु क्षेत्रीले चिनिनु हुने राजदूत सुवेदीको साहित्यिक र कूटनीतिक दुवै पाटाहरु प्रशंसनीय र उल्लेखनीय रहेको थियो । डा. सुवेदीले अन्तर्राष्ट्रिय सम्बन्धमा बेलायतको लिड्स विश्वविद्यालयबाट एमए गर्नुभएको छ भने त्रिभुवन विश्वविद्यालयबाट पिएचडी, एमपिएलगायत न्यूयोर्क विश्वविद्यालयबाट एलए र संयुक्त राष्ट्रसंघीय विश्वविद्यालय तथा सोफिया विश्वविद्यालय टोकियो र लुझियानास्थित युनिभसिटी अफ युएसएबाट विभिन्न कोर्षहरु पूरा गरेको छ । कार्यक्रममा प्रमुख अतिथि सांसद डा. पाठकले नेपालको विकासको बाधक भनेकै वर्किङ कल्चर (काम गर्ने शैली) भएको बताए । उनले भने, ‘हाम्रो देशमा राति काम गर्ने संस्कार छैन्, दिउँसो मात्र काम गरेर देश बन्दैन् । काम नगरिकन बसेर खायो भने सुख हुन्छ भन्ने मानसिकताको अन्त्य नभएका मुलुकमा विकास सम्भव छैन् ।’ विदेशमा बस्ने नेपालीका लागि संविधानमा नागरिकतासम्वन्धी प्रस्ट व्यवस्था गरेको बताउदैं उनले भने, ‘नेपालमा सम्पत्ति जोडन कुनै कानुनीले रोक्दैन् ।’ कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलगायत शीर्ष १० व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित हुने शीर्ष १० व्यक्तित्वमा डा. पदम सिम्खडा, टोल खाम्चा, कृष्णकुमार राई, ज्ञाम गुरुङ, दिपक श्रेष्ठ, मीन गुरुङ, कमलराज खनाल कृष्ण ढकाल जीव बेल्बासे र जसिता गुरुङ हुनुहुन्छ । कार्यक्रममा राजदूत डा. सुवेदी, एनआरएन पूर्वअध्यक्ष सूर्य गुरुङ, शिवजी श्रेष्ठ, डा. पदम सिमखडा, कृष्णकुमार राई, नारायण गाउँले, काउन्सिल थोमश स्टिफिन लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा हेटौडाको सुस्त मनस्थित भएका बालबालिकासम्बन्धी काम गर्दै आउनु भएका आइना बर्कीले परियोजनाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने प्रसुन्न कँडेल, अनुस्का पाठकले नृत्य प्रस्तुत गरेर कार्यक्रमको शोभा बढाउनुभएको थियो । गायिका शर्मिला बर्देवा, सुरु शर्मा र डोल्मा छोल्टिङको प्रस्तुति पनि रोचक थियो । कार्यक्रम संयोजक रामशरण सिम्खडाकोले सञ्चालन गरेको सो कार्यक्रमको सभापतित्व नेपाल ब्रिटेन डट कमका प्रधानसम्पादक चिरन शर्माले गरेका थिए ।
बेलायतमा राजदूत डा. दुर्गाबहादुर सुवेदी दशककै उत्कृष्ट कुटनीतिज्ञको रुपमा सम्मानित
बेलायतमा राजदूत डा. दुर्गाबहादुर सुवेदी दशककै उत्कृष्ट कुटनीतिज्ञको रुपमा सम्मानित
तपाईको प्रतिक्रिया





