खसी तस्कर र प्रहरीबीच झडप

काठमाडौं । सुनसरीको सीमावर्ती क्षेत्र घुस्कीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । भारतबाट तस्करी गरेर ल्याइँदै गरेको खसीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता बाबुराम पाण्डेले अनलाइनखबरलाई दिएको जानकारी अनुसार स्थितिलाई नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास हानिएको थियो । तर, अवस्था नियन्त्रणमा नआएपछि हवाइफायर समेत भएको थियो ।

‘अहिले त्यहाँ जिल्लाबाट थप प्रहरीको टोली समेत पुगेको जानकारी आएको छ’, उनले भने, ‘केही घाइते भएको समेत बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।’

प्रारम्भिक सूचना अनुसार खसीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार भएको थियो ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित