खोलामा नुहाउन जाँदा डुबेर एक जनाको मृत्यु

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्रा निवासी लोकबहादुर शाहीको पानीमा डुबेर मृत्यु भएको छ।

सोमबार घर नजिकैको झुप्रा खोलामा नुहाउन गएका ५३ वर्षीय शाहीको खोलाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए।

घरबाट नुहाउन भनी गएका उनी नफर्केपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। खबर हुने बित्तिकै उनको खोजतलास गर्दा सोमबार बेलुका ६ः३५ बजे मृतावस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए।

उनका अनुसार मृत फेला परेका शाहीको प्रारम्भिक अनुसन्धान पूरा गरी शव परीक्षणका लागि सोमबार राति नै क्षेत्रीय अस्पताल सुर्खेतमा पु–याइएको छ। शव परीक्षण गरी आजै उनका आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित