चौतर्फी घेराबन्दीमा सरकार

काठमाडौं। चिकित्सा शिक्षा विधेयकका कारण सरकार चौतर्फी घेराबन्दीमा परेको छ । चिकित्सा शिक्षा विधेयक संसद्मा पेस गरेसँगै सरकार अप्ठ्यारोमा परेको हो। सत्तारुढ दल निकट चार भातृ संगठनद्वारा मेडिकल कलेज राष्ट्रियकरणको माग, डा. गोविन्द केसीको विगत २३ दिनदेखिको जारी सत्याग्रह, केसीको समर्थनमा सदन अवरोध, सडक आन्दोलन, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न दलद्वारा केसीको मागमा सरकारविरुद्ध समर्थन, चिकित्सक संघको आन्दोलन र १४ जना सम्पादकहरूद्वारा केसीको समर्थन गर्दै विज्ञप्ति सार्वजनिक भएपछि सरकार घेराबन्दीमा परेको हो ।

सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई विस्थापन गर्न ल्याएको प्रतिस्थापन विधेयकमा अध्यादेशका केही व्यवस्था हटाएपछि सडकदेखि सदनसम्म सरकारविरुद्ध आन्दोलन बढेको छ ।

संसद्मा पेस भएको विधेयकबाट सरकार पछि हट्ने तयारीमा छैन भने त्यसलाई अगाडि बढाउन सक्ने स्थिति पनि बनेको छैन ।
सरकारविरुद्ध अनशन र आन्दोलन बढिरहेकै बेला सत्तारुढ दलकै चार भातृ संगठनले डा. केसीको भन्दा पनि एक कदम अघि बढेर सरकारलाई दबाब थपेका छन् ।

सरकार र केसीबीच विधेयकमा विवाद बढ्दा सरकार अप्ठ्यारोमा परिरहेकै बेला सत्तारुढ दल निकट पूर्वएमाले र पूर्वमाओवादी केन्द्र निकट चारवटा भातृ संगठनले विज्ञप्ति जारी गरेर सबै मेडिकल कलेजलाई राष्ट्रियकरण वा नाफामुखी ट्रस्टमा रूपान्तरण गर्न आइतबार माग गरे ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, युवा संघ अध्यक्ष रमेश पौडेल र वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटाद्वारा जारी संयुक्त विज्ञप्तिमा यस्तो माग गरिएको हो । ‘नेपालको संविधानको प्रस्तावनामा उल्लिखित समाजवादोन्मुख व्यवस्थाको मर्म एवं शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा गरिएको संवैधाकि ग्यारेन्टीको प्रावधानअनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण वा गैरनाफामुखी ट्रस्टमा रूपान्तरण गरियोस्,’ विज्ञप्तिमा उल्लेख छ ।

पूर्वशिक्षामन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता धनीराम पौडेलले सरकारले चलाउन नसकेको अवस्थामा मेडिकल शिक्षाका लागि निजीलाई आह्वान गरेर उनीहरू हाबी भए भनेर हटाउन नमिल्ने बताए । संविधानमा व्यवस्था भएबमोजिम आधारभूत स्वास्थ्य शिक्षाको ग्यारेन्टी गर्दै राज्य अघि बढ्नुपर्ने उनी तर्क गर्छन् ।

डा. गोविन्द केसीले विगत २३ दिनदेखि चिकित्सा शिक्षा सुधारको माग राखेर अध्यादेशमा भएकै व्यवस्था विधेयकमा ल्याउन माग गर्दै आएका छन् । केसीले आफ्ना माग पूरा नगरेको भन्दै स्वास्थ्य चेकजाँच र औषधि उपचारसमेत अस्वीकार गर्दै आएका छन् । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार केसीलाई भेटेर औषधि उपचार स्वीकार गर्न आग्रह गरेका छन् ।
राजधानी दैनिक

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित