गोर्खा अनलाइन रेडियो यूके,
हिन्दू नेपाली नारीहरुको माहान पर्व तीजको अवसर पारेर संचारकर्मी तथा गायिका शोभा त्रिपाठीको तीज गीत ‘तिमी चाहिन्छ’ बोलको गीतको म्यूजिक भीडीयो उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । गायिका शोभा त्रिपाठी र खुमन अधिकारीको स्वर रहेको यस गीतको लय/शब्द खुमन अधिकारीको रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ । उक्त म्यूजिक भीडीयोमा प्रकाश भट्टको निर्देशन, राजेश घिमिरेको छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको छ ।
म्यूजिक भीडीयोमा शोभा त्रिपाठी र महेन्द्र गौतमको जोडदार अभिनय देख्न सकिनेछ । जनता टेलिभिजनमा कार्यरत त्रिपाठी सञ्चारकर्मी मात्रै नभएर लोकप्रिय स्टेज कार्यक्रम प्रस्तोता समेत हुन् भने दशकौं देखि यस क्षेत्रमा लागेर दर्जनौं गीतमा आवाज दिईसकेकी छन् । उनले तीजका मात्रै नभएर आधुनिक, लोकपप, दोहोरी गीत जस्ता सबै खालका गीतहरु गाउँदै आएकी छन् ।
तीज गीत “तिमी चाहिन्छ” को म्यूजिक भीडीयो हेर्नुहोस ।





