दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो, सबैको सनाखत

रुकुम – वन रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५, धार्पानीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजेतिर धार्पानीमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा रुकुम(पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१, का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन, पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचन, पुथाउत्तरगंगा १४ कि सालिनि बर्मा, बाँके कोहलपुर निवासी ललिता परियार र भुमे गाउँपालिका ४ का २८ वर्षीय अर्जुन विक रहेका छन्। दुर्घटनामा परी चारजना घाइते भएका छन्।
घाइतेहरूमा रुकुम(पश्चिम) मुसीकोट नरपालिकाका जिप चालक ५२ वर्षीय जयवीर कामी, रुकुम(पूर्व) पुथाउत्तरगंगा गाउपालिका ११ का २५ वर्षीया प्रमिला बुढामगर, पुथाउत्तरगंगा गाँउपालिका २ का २७ वर्षीय धनिराम पुन र २७ वर्षीया सम्झना पुन रहेको प्रहरीले बताएको छ। घाइतेहरूलाई थप उपचारका जिल्ला बाहिर लैजाने तयारी भइरहेको छ। जसका लागि हेलिकोप्टर आउँदै गरेको प्रहरीले बताएको छ। गाडी सडकभन्दा झण्डै १०० मिटरभन्दा तल खसेको छ। वर्खायाममा सडक चिप्लो भएका कारण गाडी दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित