Breaking News
Home > Blog > नेपाल ब्रिटेन डटकमको ११औं वार्सिकोत्सवमा पर्ने चर्चित टपटेनको तयारी पूरा  

नेपाल ब्रिटेन डटकमको ११औं वार्सिकोत्सवमा पर्ने चर्चित टपटेनको तयारी पूरा  

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके, 
लण्डन । नेपाली डायस्पोराको पुरानो र प्रतिष्ठित सञ्चार संस्था बेलायतस्थित नेपाल ब्रिटेन डटकमले आफ्नो एघारौँ वार्षिकोत्सव आगामी आइतवार एक भव्य कार्यक्रमका साथ मनाउँदै छ । विश्वभर छरिएको नेपाली डायस्पोरा र नेपालबीच सेतुको काम गर्ने उद्देश्यका साथ बेलायतबाट एघार वर्षअघि नेपालब्रिटेनडटकमको प्रकाशन सुरु भएको थियो । कार्यक्रमलाई सफल पार्न गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य रामशरण सिमखडाको संयोजकत्वमा एक उच्चस्तरिय समिति समेत गठन भएको थियो । कार्यक्रम संयोजक सिमखडाले, लण्डनस्थित ह्यारो फुटवल कल्वमा आयोजना बिहान १ बजे देखी शुरु हुने कार्यक्रमको तयारी पुरा भएको जानकारी दिए । कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी, सांसद डा. सूर्य पाठक, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष कुमार पन्त लगायतलाई समेत आमन्त्रण गरिएको छ । विदेशमा रहेर मातृभूमिको लागि सहयोग गर्दै आएका १० जना समाजसेवीहरुलाई समेत उच्च सम्मान गर्ने तयारी गरिएको छ । पहिलो दिनदेखि नै यो आम प्रवासी नेपालीको भरपर्दो सञ्चार माध्यमका रूपमा लोकप्रिय रहँदै आएको छ । कार्यक्रममा वेलायतस्थित बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहने नेपालब्रिटेन डट कमका सम्पादक चिरन शर्माले जनाए ।

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1