Home > Blog > सगुनद्वारा एनआर एन यूकेको नेपाल हाउस प्रोजेक्टलाई १ लाख डलरको शेयर प्रदान

सगुनद्वारा एनआर एन यूकेको नेपाल हाउस प्रोजेक्टलाई १ लाख डलरको शेयर प्रदान

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

गोर्खा अनलाइन रेडियो यूके,

लन्डन, सोसल कमर्श प्लेटफर्म सागुनले गैर आवासीय नेपाली संघ (एन्आरएन) युकेको महत्वकांक्षी प्रोजेक्ट नेपाल हाउसको लागि १ लाख डलरको शेयर अर्थात ४ हजार ३ सय ७४ वटा शेयर बराबरको सहयोग हस्तान्तरण गरेको छ । सोसल कमर्श प्लेटफर्म सगुनले भर्खरैमात्र आफूले गर्ने सामाजिक कार्यको लागि १० लाख डलरको सगुन फाउन्डेसनको स्थापना गरेको हो । अमेरिकी सरकारको कानुन अन्तर्गत रही सगुन फाउण्डेशन सामाजिक काममा क्रियाशिल रहने छ । सगुन फाउन्डेसनको स्थापना लगत्तै गैर आवासीय नेपाली संघ (एन्आरएन) युकेको नेपाल भवनको लागि सोमबार साँझ लन्डनमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोगको घोषणा गर्दै दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सगुनका तर्फबाट सस्थापक गोबिन्द गिरि र एनआरएन यूकेका अध्यक्ष योग कुमार फगामीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । वर्तमान बजार अवस्थालाई मूल्यांकन गर्दा १ लाख डलरको ४ हजार ३ सय ७४ वटा शेयर एनआरएन यूकेलाई पर्न जानेछ । कार्यक्रममा लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, एनआरएन यूकेका अगुवाहरुको साथै बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधी, पत्रकार लगायतका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरनलाई साक्षी राखेर सगुनका तर्फबाट एनआरएन यूकेका पूर्व अध्यक्ष समेत रहेका सगुनका सल्लाहकार सुर्य गुरुङ र एनआरएन यूकेका तर्फबाट अध्यक्ष योगकुमार फगामीले समझदारीपत्र आदानप्रदान गरेका थिए । सगुनका सल्लाहकार सुर्य गुरुङले सगुन फाउण्डेसनले आफ्नो सबैभन्दा पहिलो सहयोग बेलायतको नेपाली समुदायलाई गर्न पाउंदा खुशी व्यक्त गर्दै विश्वमा नेपाल र नेपालीको गौरव बढाउने लक्ष्यसहित नेपालीहरुबाटै सुरु भएको सगुनको अभियानलाई बेलायतको नेपाली कम्युनिटीबाट दिइएको साथ तथा हौसलाको कदरका रुपमा यो सहयोगलाई बुझ्न गुरुङले आग्रह गरेका थिए । साथै सगुनद्वारा नेपाल हाउस प्रोजेक्टको लागि गरेको सहयोगले बेलायतवासी नेपालीहरुले देखेको नेपाल हाउसको सपनालाई सार्थक बनाउन सहयोग पुर्याएको सल्लाहकार गुरुंगले बताएका थिए । एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले बेलायतबासी नेपालीहरुको साझा सपनाका रुपमा रहेको नेपाल हाउसलाई सगुनले गरेको सहयोगका लागि आभार प्रकट गरे । विश्वमा नेपाल र नेपालीको गौरव बढाउने लक्ष्यसहित अघि बढेको सगुनलाई सफलताको शुभकामना दिदै अध्यक्ष फगामीले आवश्यक सहयोग र सहभागिताका लागि बेलायतबासी नेपालीको तर्फबाट प्रतिबद्धता पनि गरे । तेस्तै गरि प्रमुख अतिथी लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरनले शरदराज आरनले एनआरएन यूके र सगुनबीच सुरु भएको सहकार्यको सफलताको लागि शुभकामना दिए । यो सहकार्यले एनआरएन यूकेको नेपाल हाउस प्रोजेक्टका साथै सगुनको अभियानलाई समेत सफल पार्न सहयोगी भुमिका खेल्ने आशा उनले व्यक्त गरे । सगुनका बेलायत संयोजक युवराज सेढाईंले कार्यक्रममा एक पावरपोइन्ट प्रिजेन्टेसनमार्फत सगुन डटकमको अवधारणा र स्थापनाको पृष्ठभुमिका साथै यसका प्रोडक्टहरु र भावी लक्ष्यबारे जानकारीहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एनआरएन यूकेका प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन आइसिसी सदस्य रामशरण सिंखडा, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, तमु धि यूके अध्यक्ष ज्ञाम गुरुङ, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, एनआरएन मिडिया समिति उपसंयोजक चिरन शर्मा, एनआरएन यूके सल्लाहकार तथा बुद्धिजिवी शिवजी श्रेष्ठ, काउन्सिलर तथा एनआरएन अगुवा लक्ष्य गुरुङ, एनआरएन यूके व्यापार विभाग संयोजक गंगा राना लगायतले शुभकामना मन्तव्य राख्दै सगुनको सहयोगबाट एनआरएन यूकेको महत्वाकांक्षी नेपाल हाउस प्रोजेक्टले सार्थकता पाउन सहयोग मिल्ने आशा व्यक्त गरे । कार्यक्रमको संचालन एनआरएन यूके महासचिव राजकुमार त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शेर सुनारले दिएका थिए ।

सगुनमा लागानी गर्ने अवसर  अन्तिम चरणमा ।


संसारभर छरिएर रहेका नेपाली समुदाय तथा सगुनसँग नजिक रहेका समुदायलाई लक्षित गरि फाउण्डेशनले स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना, समुदायको विकास, उद्यमिशलता विकास, प्राकृतिक विपत्तीका बेलामा सहयोग लगायतका क्षेत्रमा फाउण्डेशनले काम गर्ने सगुनले जनाएको छ।सगुनले अहिले मिनिआइपिओ मार्फत अन्तिम चरणको लगानी जुटाइरहेको छ। मिनि आइपिओको यो तेस्रो तथा अन्तिम चरणमा जुलाई २६ तारिखसम्म लगानी गर्न योग्य लगानीकर्ताले विश्वभरीबाट लगानी गर्न सक्नेछन् । हालसम्म विश्वभरीबाट ३५ सय भन्दा बढी लगानीकर्ताहरुबाट ५ मिलियन भन्दा बढी लगानी जुटाइसकेको छ । सगुनको आधिकारिक पेज www.sagoon.com/invest मा गएर लगानी सम्बन्धी सबै जानकारी लिन सकिने छ । विश्वका अधिकाशं देशहरुबाट लगानी गर्न सकिए पनि नेपाल भित्रबाट भने लागनी गर्न सकिदैन तर बिदेशमा बस्ने बैक खाता भएका नेपालीहरुले भने लगानी गर्न सक्ने जनाइको छ । यो अन्तिम चरण भएको कारण यस भन्दा पछाडि मिनीआइपिओमा यसरी नै लगानीको अवसर नआउने समेत सगुनले जनाएको छ ।
तस्विर शिव भण्डारी,

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1