मुखमा लुकाएर सुन तस्करी ! दुई जना पक्राउ

काठमाडौं । मुखमा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्दै गर्दा दुई जना विदेशी नागरिक मंगलबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक रइज अहमद र मोहम्मद अजाम छन् ।

विमानस्थल प्रहरीका उपरीक्षक (एसपी) दिनेशराज मैनालीका अनुसार अहमदको साथबाट १ सय १६ ग्राम र अजामको साथबाट १ सय ३९ ग्राम सुन बरामद भएको छ ।

मैनालीका अनुसार उनीहरुले जीब्रोमुनि लुकाएर सुन ल्याएका थिए ।

‘चेक हुने ठाउँमा अहमद प्रहरीसँग बोलेनन् । त्यसपछि शंका लागेर बाहिर निस्किएर हर्दा सुनको दाँत जस्तो देखियो’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि हेर्दा उनको साथबाट सुन फेला परेको हो ।’

अहमद पक्राउ परेपछि उनलाई खोज्दै आउँदा अजाम पनि पक्राउ परेका हुन् । उनीहरुले बुद्ध एयरको उडानमार्फत नेपालगञ्ज जाने तयारी गरेका थिए ।

उनीहरु एयर अरवियाको उडानबाट शारजहाबाट नेपाल आएको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले मलद्वारामा लुकाएर ल्याउँदै गरेको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
अनलाइन खबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित