प्रहरी युनिट स्थापना हुने भएपछि स्थानीयवासी उत्साहित

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापना गर्ने सरकारको तयारीले स्थानीयवासी उत्साहित भएका छन्।

गाउँपालिकाभित्र एउटा पनि प्रहरी युनिट नभएर अस्थायी प्रहरी चौकी स्थापना गर्न पहल गर्दै आइरहेको समयमा नेपाल सरकारले ‘क’ वर्गको इलाका प्रहरी कार्यालय (इप्रका) स्थापना गर्ने निर्णयले खुशी छाएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले बताए।

उनका अनुसार सरकारले प्रहरी निरीक्षकको नेतृत्वमा ४० जनाको दरबन्दी सिर्जनासहित इप्रका स्थापना गर्ने केही दिन अघि गरेको निर्णय कार्यान्वयन गराउन आवश्यक सहयोग पु¥याउन गाउँपालिकाले पहल थालिसकेको छ।

“प्रहरी चौकी माग गर्दै गृह मन्त्रालयसम्म धाइरहेको समयमा प्रहरी युनिट स्थापना गर्ने निर्णयले उत्साहित भएका छौँ।” तामाङले भने, “तत्काल स्थापना गर्न गाउँपालिकाले नै आवास व्यवस्थापन मिलाउन लागिरहेका छौँ भने व्यवस्थित भवन निर्माणका लागि निःशुल्क जग्गा मिलाउनसमेत पहल थालिएको छ।”

इप्रका स्थापनाले समुदायमा शान्ति सुरक्षाको प्रत्याभूति, अमनचयन तथा न्याय प्राप्तिका लागि उल्लेख्य सहयोग पुग्ने विश्वासले स्थानीयवासीसमेत आवश्यक सहयोग पुर्याउन तयार भएको स्थानीय युवा कृष्ण बोहराले बताए।

सरकारले यहाँको पञ्चकन्यामा स्थापना गर्न लागेको इप्रकाका लागि एक प्रहरी निरीक्षकको नेतृत्वमा दुईजना प्रहरी नायब निरीक्षक, पाँचजना प्रहरी सहायक निरीक्षक, नौजना हवल्दार, २१ जना प्रहरी जवान र दुईजना सहयोगीसहित ४० जनाको दरबन्दी कायम गरेको जनाएको छ।

नुवाकोटमा हाल प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा जिल्ला प्रहरी कार्यालयसहित मातहतमा इप्रका चार, प्रहरी चौकी १५, अस्थायी प्रहरी पोष्ट पाँच र नगर प्रहरी चौकी एक सञ्चालनमा छन्।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित