सुस्तावासीले क्षतिपूर्तिबापतको रकम पाउने

नवलपरासी – पश्चिम नवलपरासीमा गत वर्ष भएको डुबानका कारण करोडौँको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापत रु दुई करोड ४६ लाख १२ हजार रकम प्राप्त गर्ने भएका छन् ।

नेपाल सरकार सिँचाइ मन्त्रालयमार्फत सो रकम उपलब्ध गराउन लागिएको हो । क्षति बेहोरेका किसानले गण्डक सिँचाइ व्यस्थापन डिभिजन कार्यालयमार्फत उक्त रकम पाउने छन् ।

धेरै मेहनतपछि मात्र रकम निकासा गर्न सकिएको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । बर्सेनी डुबानमा पर्ने र क्षति बेहोरिरहेका पीडित किसानले क्षतिपूर्तिबापतको रकम पाउने भएपछि खुशी व्यक्त गरेका छन् ।

किसानले रकम निकासा पाउने भएपछि गाउँपालिका कार्यालयसहित सबै सरोकारवाला निकायप्रति खुशी व्यक्त गरेका छन् । गत वर्ष डुबानमा परेका सुस्ता गाउँपालिका वडा नम्बर १ र २ लगायत विनयी त्रिवेणीको ६ र ७ का पीडित किसानले क्षतिपूर्तिबापतको रकम पाउने छन् ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित