Home > Blog > डा.अधिकारीमाथि गृह मन्त्रालयमा दुर्व्यवहार

डा.अधिकारीमाथि गृह मन्त्रालयमा दुर्व्यवहार

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)
काठमाडौं। द्वन्द्वकालका घाइतेको अपागंताको मेडिकल रिपोर्ट आफ्नो अनुकूल नबनाएको निहुँमा गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.भोजराज अधिकारीमाथि दुर्व्यवहार गरिएको छ। सरकारी चिकित्सक संघ (गोदान) का आजीवन सदस्य समेत अधिकारीलाई मंगलबार साँझ गृह मन्त्रालयमा बोलाएर दुर्व्यवहार गरिएको हो।

ट्रमा सेन्टरमा बिरामीको उपचार गरिरहेको अवस्थामा गृहमन्त्रीले बोलाउनु भएको छ भन्दै सरकारी गाडीमा राखेर गृह मन्त्रालय लगिएका डा.अधिकारीमाथि दुर्व्यवहार गरिएको हो ।

डा.अधिकारीका अनुसार गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्यप्रकाश सुवेदीले सोधपुछ गर्दै अपांगतको कार्ड आफूहरूले भने बमोजिम गराउन निर्देशन दिएका थिए । ‘गृहमन्त्रीले बोलाउनु भएको छ भन्दै एक डेढ घण्टा राखियो । अनावश्यक प्रश्न गर्दै आफ्नो अनुकूलको अपांगता कार्ड बनाउन चेतावनी समेत दिइयो । तर गृहमन्त्रीसँग भेट नै नगराई जानुस् भन्दै फर्काइयो । यस्तो दुर्व्यवहारले चित्त दुःखेको छ’, डा.अधिकारीले भने ।

डा.अधिकारीलाई मध्याह्न केही व्यक्ति ट्रमा सेन्टर पुगि द्वन्द्वकालका घाइतेको अपांग रिपोर्ट आफ्नो अनुकूल बनाउन दबाब दिएका थिए । डा.अधिकारीले पेशागत मर्यादा विपरित कुनै कार्य नगर्ने अडान लिएपछि उनीहरूले केही बेर कोठा थुनेर विभिन्न आक्षेप लगाएका थिए । यो घटनाको चार घण्टापछि गृहमन्त्रीले बोलाउनु भएको छ भन्दै मन्त्रालयबाट फोन आएको थियो । आफूसँग गाडी नभएको बताएपछि मन्त्रालयबाटै पठाइएको गाडीमा चढेर उनी मन्त्रालय गएका थिए ।

झण्डै एक घण्टा सोधपुछ गरेपछि गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सुवेदीले माइन्ड नगर्नुहोला भन्दै फिर्ता पठाएको डा.अधिकारीले बताए । गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीले घाइतेले गुनासोसहितको उजुरी गरेपछि आवश्यक सोधपुछका लागि डा.अधिकारीलाई बोलाइएको जानकारी दिए । उनले भने, ‘मैले दुर्व्यवहार गरेको छैन । घाइतेलाई कसरी सुविधा दिन सकिन्छ भन्ने’ छलफल भएको हो । सौहादपूर्ण ढंगले कुरा टुंगिएको छ ।’

गृहमन्त्री बैठकमा व्यस्त भएकाले भेट गराउन नसकिएको सुवेदीले बताए । अपहरण शैलीमा अधिकारीलाई मन्त्रालयमा लगि दुर्व्यवहार गरेको भन्दै सरकारी चिकित्सक संघ (गोदान) ले खेद व्यक्त गरेको छ । द्वन्द्वकालमा घाइते भएका तत्कालीन माओवादीका कार्यकर्ताको अपांगताको परिचय पत्र बनाइदिन उनीमाथि दबाब आउने गरेको स्रोतले दाबी गरेको छ ।

संघले बिहीबार विज्ञप्ती प्रकाशित गरी सरकारी पक्षबाट नै चिकित्सा पेशामाथि सहजै धावा बोल्दा असुरक्षित महसुस गरिएको जनाएको छ ।

दोषिमाथि कारवाही नभए पेशाको मर्यादा र अनुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि बाध्य हुने चेतावनी समेत विज्ञप्तीमा दिइएको छ । ट्रमा प्रशासनले अपांग परिचयपत्र बनाउने कार्य हाललाई स्थगित गरिएको जनाएको छ ।

नेपाल चिकित्सक संघले पनि चिकित्सा आचारसंहिता र तोकिएको नियम विपरितगलत रिपोर्ट बनाउन दिइएको दबाब अस्वीकार गर्दा गृहमन्त्रीको आदेश बमोजिम अपहरण शैलीमा गृह मन्त्रालयमा लागि दुर्व्यवहार गरिएको घटनाप्रति भत्र्सना गरेको छ ।

गृहमन्त्रीकै निर्देशनमा भनी एक निरापराध चिकित्सकमाथि भएको यो व्यवहारले लोकतान्त्रिक पद्धतिमाथि नै खिल्ली उठाएको संघका महासचिव डा.लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
अन्नपूर्णपोष्ट दैनिक

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

फोहर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै काठमाडौँ

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको …