गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, यहि जुलाई १५ तारिख आइतबारका दिन मीसेस नेपाल यूकेले लण्डनको साउथ ह्यारोस्थित चौतारी रेष्टुरेन्टमा डेन्टल ओरल हाइजीन वर्कसपको आयोजना गर्ने भएको छ । नारी सौन्दर्यको प्रतिक हो भने प्रतिभाको खानी हो भन्ने तथ्यलाई लण्डन फेसन हाउसले गर्दै आएको मीसेस नेपाल यूकेका नारीहरुले प्रमाणीत गरेका छन् । मीसेस नेपाल यूके २०१७ को विजेता आस्था जोशी लगायत मंजु शाह , पुनम गुरुड्ग, शर्मीला पछाई, अंजु श्रेष्ठ, प्रिमा भट्टराई, अम्रीता गजुरेल र गीता बस्नेतले विभिन्न कार्यक्रममा गरेको नृत्य र गायनले थुप्रै प्रशंसा बटुलेको छ । च्यारीटी कार्यक्रमबाट १० लाख रुपैयाँ उठायर मष्तिस्क पक्षाघात भयका बालबालीकाहरुलाइ सहयोग समेत गरेको छ । लण्डन फेसन हाउसकी संचालीका तथा मीसेस नेपाल यूकेकी प्रेसीडेन्ट मनीषा डंगोल श्रेष्ठका अनुसार मीसेस नेपाल युके बेष्ट सेफ २०१७ की विजयी डेन्टल सर्जन मंजु शाहले उक्त वर्कशपको जिम्मा लीएकी छन् । करिब दश वर्षको आफ्नो अनुभवलाई नेपाली समाजसमक्ष पुर्याउने अवसर पाएकोमा आफू सन्तुष्ट रहेको मंजुले बताइन । मानिसको सौन्दर्यको मुख्य अंग दाँतको बारेमा कति कुराहरु थाहा नभएर दांत र गीजको समस्याबाट पीडित भएका व्यक्तिहरुलाई जानकारी गराएर स्वस्थ बन्नको लागि उक्त वर्कशप सबैको लागि अनिवार्य रहेको मनिष डंगोल श्रेष्ठको धारणा छ । उक्त ओर्कशपमा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहभागी हुनको लागि आयोजकहरुद्वारा अनुरोध गरिएको छ ।
मीसेस नेपाल यूकेद्वारा डेन्टल ओरल हाइजींन वर्कशप गरिंदै
मीसेस नेपाल यूकेद्वारा डेन्टल ओरल हाइजींन वर्कशप गरिंदै
तपाईको प्रतिक्रिया





