Home > Blog > धौलागिरि चक्रिय पदमार्गको छहरीखोलामा ट्रस पुल निर्माण

धौलागिरि चक्रिय पदमार्गको छहरीखोलामा ट्रस पुल निर्माण

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

म्याग्दी – म्याग्दीको धौलागिरि चक्रिय पदमार्गअन्तर्गतको छहरीखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ ।

गाउँपालिका, झोलुंगे पुल सहयोग कार्यक्रम (टिबीएसयु), मिलन म्याग्दीको सहयोगमा कल्लेनी गाउँका बासिन्दाले धौलागिरि गाउँपालिका ४ र ६ नम्बर वडाको सिमानामा अवस्थित छहरी खोलामा ३२ मिटर लामो पुल निर्माण गरेका हुन् ।

रु २४ लाखको लागतमा निर्माण भएको पुलबाट कल्लेनी, शिवाङ, नेरवाङ, मुदी, नाउरा, बगरका ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष धनबहादुर पुनले बताउनुभयो ।

पुलबाट धौलागिरि चक्रिय पदमार्ग, आधार शिविर र हिमाल आरोहणमा जाने पर्यटक, पथप्रर्दशक र पर्यटक मजदूरलाई समेत आवतजावतमा सुविधा पुगेको छ । यसअघि जीर्ण अवस्थाको काठको पुलबाट जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था थियो ।
रासस

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1