एजेन्सी । अमेरिकामा फेरि एक भारतीय युवकको गोली हानी हत्या गरिएको छ।
भारतको हैदराबादका २६ वर्षीय इन्जिनियर शरथ कोप्पुको अमेरिकाको कंसासको एक रेस्टुरेन्टमा अज्ञात समुहले गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्य गरिरहेको छ।
गत वर्ष पनि भारतका अर्को इन्जिनियर श्रीनिवास कुचिभोतलाको अमेरिकामा गोली हानी हत्या गरिएको थियो। उनको सन् २०१७ फेब्रुवरीमा कंसास बारमा गोली हानी हत्या गरिएको थियो।
श्रीनिवासको जुन ठाउँमा गोली हानी हत्या गरिएको थियो, त्यस ठाउँदेखि करीब ४१ किलोमिटर टाढा शरथ कोप्पुको पनि शुक्रबार गोली हानी हत्या गरिएको हो। दोप्पो दुई महिनाअघि पढाईको सिलसिलामा अमेरिका पुगेका थिए।
डिसी नेपाल





