कैलाली । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका १ मा जैविक विविधता र चराको पहिचान सम्बन्धि दुई दिने तालिम सुरु भएको छ।
चरा सरक्षंण नेटवर्क कैलालीको आयोजना र नेपाल पंक्षी संघको सहयोगमा उक्त तालिम सञ्चालन भएको हो।
चरा सरक्षणं नेटवर्क कैलालीले घोडाघोडी नगरपालिकामा रहेका विभिन्न विद्यालयहरुमा इको क्लब गठन गरिएका विद्यालयका फोकल शिक्षकहरुका लागि चरा पहिचान तथा जैविक विविधता संरक्षण, पारिस्थितिक प्रणाली, बन वातावरण सरक्षंण, सिमसार लगायत विषयमा तालिम दिएको छ।
तालिममा नेपाल पंक्षी सरक्षणका बन परियोजनाका मित्र पाण्डे र नेपाल पंक्षी सरक्षण कैलालीका फिल्ड सहजकर्ता हिरु लाल डगौराले सहजीकरण गरेका हुन्।
फोकल शिक्षकहरुलार्इ चरा सम्बन्धि तालिम दिएर विद्यार्थीहरुलार्इ चराको महत्वको बारेमा सिकाइ साट्न उक्त तालिम दिएको चरा सरक्षंण नेटवर्क कैलालीकी उपाध्यक्ष जमुना न्युरे जानकारी दिइन्।
डिसी नेपाल





