Home > Blog > मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

Listen Gurkha Radio (गोर्खा रेडियो सुन्नुहोस)

काठमाडौं। मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ।
स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो।

ओपी मेगा ३ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको छ । यसरी पक्राउ पर्ने २ सय जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको भए पनि पक्राउ कार्य जारी रहेकाले वास्तविक तथ्यांक लिने कार्य भइरहेको बताइएको छ ।

मलेसियाको अध्यागमन कार्यालयका महानिर्देशक डाटुक मुस्तफार अलीले २ दिन अघि गरिएको पत्रकार सम्मेलनमा ६ हजार ६ सय ७८ विदेशीलाई पक्राउ गरी मलेसियाका विभिन्न १३ वटा बन्दीगृहमा राखिएको जनाएका छन् ।
कारोबार दैनिक

गोर्खा अनलाईन रेडियो सुन्नको लागि IOS प्रयोगकर्ता हरुले यहाँ क्लिक गर्नुहोलाANDROID तथा कुनै पनि साधनबाट सुन्नको लागि यहाँ क्लिक गर्नुहोला । यदि हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला । साथै तलका मोबाईल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुनेछ Untitled-1

Check Also

फोहर व्यवस्थापन नहुँदा दुर्गन्धित बन्दै काठमाडौँ

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको …