गोर्खा अनलाइन रेडियो यूके,
लन्डन, हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर गायक बद्रि पंगेनी र गायिका कला पंगेनीको स्वर तथा नरेन्द्र बस्नेतको लय शब्दमा “चिटिक्कै मलाई सुहायो” बोलको तीजको गीतको म्यूजिक भीडीयो भर्खरैमात्र गोर्खा रेडियो यूकेले आफ्नो युट्युब च्यानम मार्फत सार्वजनिक गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका गायक बद्रि पंगेनीले तीज आउन अझै समय रहेकोले युट्युबबाट हटाउन लगाएका थिए । यसघि नै थुप्रै गीतहरु बजारमा आइसकेको हुँदा खासै फरक नपर्ने गायिका कला पंगेनीको अडान पश्चात पुन गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो । परदेशिएको आफ्नो मायालुसंग पोखिएको वेदनाले भरिएको यस तीज गीतमा ढाका टोपी र गुन्यू चोलीमात्र होइन परदेशदेखि गाउँघर अनि मेलापातसमेतलाई समेटिएको छ ।बाध्यताले परदेश लागेको मायालुको बारेमा सुनेका कुराहरुले चसक्क दुखेको मन अनि परदेशमा भोगेको पीडालाई गीतमार्फत प्रस्तुत गर्न खोजीएको छ । उक्त गीतको म्यूजिक भीडीयोमा अहिले सर्वाधिक लोकप्रिय बनेको म्यूजिक भीडीयो “बोल माया “ मा सफल अभिनय गरेकी अन्जली अधिकारी र निकै व्यस्त मोडल महेन्द्र गौतम लगायात गायिका कला पंगेनी र राजेन्द्र भण्डारीको समेत जोडदार अभिनय रहेको छ । ‘बोल माया’मा निकै चर्चा पाएकी अन्जलिका थुप्रै तीज गीतहरु बजारमा आएकाछन । यस गीतको म्यूजीक भीडीयोमा प्रविन थापाको निर्देशन, शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन रहेको छ भने दृश्य निर्माणमा ह्वाइट मिडिया प्रा.लि. को भूमिका रहेको छ । तेस्तै गरि गीतको अडियो प्रिज्म रेकर्डिङ स्डिस्टुडियोले तयार परेको हो ।
“चिटिक्कै मलाई सुहायो” म्यूजिक भीडीयो हेर्निहोला..