सिन्धुमा साहित्य सम्मेलन

चौतारा – सिन्धुपाल्चोकको चौतारामा पहिलो पटक प्रदेशस्तरीय साहित्य सम्मेलन आयोजना गरिएकोे छ ।

सिन्धु साहित्य सम्मेलन, २०७५ एवं प्रदेश नं ३ स्तरीय कविता प्रतियोगितामा उक्त जिल्लाका साथै काभ्रेपलाल्चोक, काठमाडौँ, दोलखा, रामेछाप तथा सिन्धुलीका ४८ कविको कविता प्राप्त भएकामा उत्कृष्ट १० कविको कविता छनोट गरिएको थियो । कर्मचारी मिलन केन्द्र र सिन्धु साहित्य अभिलेखालयको संयुक्त आयोजनामा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने कविलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा सिन्धुकी रोजिना पराजुली, रामेछापकी शीतल थोकर तामाङ, सिन्धुलीका नवीन संघर्ष र काभे्रकी अनामिका सजल क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भएका थिए । विजयी कवि तथा कवयित्रीलाई नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा नेपाली शष्दकोषका ग्रन्थकार कवि वसन्तप्रकाश नेपाल शर्मालाई अभिनन्दन तथा स्व कवि खिलबहादुर भावुक, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने र कवि जीवन क्षेष्ठलाई सम्मान गरिएको थियो ।सो अवसरमा अभिलेखालयले ११० वर्षदेखिको अभिलेखालयको वृत्तभित्र प्रस्तुत गरेको थियो ।

सिन्धुका साहित्यकार र अन्य जिल्लाका साहित्यकारबीच एकापसमा विचारको आदानप्रदान गर्नाका साथै यहाँको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यस प्रकारको सम्मेलनको आयोजना गरिएको आयोजक कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं साहित्यकार लक्ष्मीप्रसाद निरौलाले बताउनुभयो ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित