गोर्खा अनलाइन रेडियो यूके,
‘जता हेर्छु केवल तिमी लाई नै देख्छु’ एक जमानामा निकै लोकप्रिय बन्न सफल नायक धिरेन शाक्य अहिले म्यूजिक बीदियोमा देखा परेका छन् । सोनी कार्कीको शब्द, रिदम कंडेलको संगीत अनि प्रमोद प्रसाई र सोनिकै स्वरमा रहेको ‘जता हेर्छु केवल तिमीलाई नै देख्छु’ बोलको गीतको म्यूजिक भीडीयोमा धिरेन शाक्य र इनास ग्लोबलकी वरिष्ठ उपाध्यक्ष कमला दाहालको अभिनय रहेको छ । जर्मनमा बसोवास गर्दै आएकी कमला दाहालले तामिल, नेपाली र हिन्दि लगायतका सिनेमा अभिनय गरिसकेकी छन् ।
उक्त म्यूजिक भीडीयोमा बेलायतमा बसोवास गर्दै आएका संचारकर्मी समेत रहेका कुशल श्रेष्ठको निर्देशन, छायांकन एवं सम्पादन रहेको छ । प्रभु गुरुंगको कोरियोग्राफी तथा अन्जली केसीको डिजाइनमा तयार गरिएको उक्त म्यूजिक भीडीयो लण्डनको मुख्य आकर्षक केन्द्र मानिने टावर ब्रिज, ग्रीनवीच लगायतका क्षेत्रमा छायांकन गरिएको छ । उक्त गीतको म्यूजिक भीडीयोलाई बुढासुब्बा डिजिटल प्रा.लि. ले युट्युब मार्फत सार्वजनिक गरेको छ ।
म्यूजिक भीडीयो हेर्नुहोला ।