बिपी प्रतिष्ठानबारे प्रमलाई हस्ताक्षर बुझाइयो

इटहरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवन एवम् स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने चिकित्सा विज्ञानको विषयमा कहीँ कसैले खेलबाड वा हेलचेक्र्याइँ गर्ने काम गरेको तथ्य भए वर्तमान सरकारले त्यसलाई नसहने बताउनुभएको छ ।

एक्सन धरान र धरान स्वतन्त्र समाजको संयुक्त सक्रियतामा धरान, इटहरी लगायतका स्थानका नागरिकले प्रतिष्ठान सुधारमा उच्च चासो राख्दै सङ्कलन गरेको हस्ताक्षर नागरिक प्रमण्डलबाट शनिवार बुझ्नुहुँदै प्रम ओलीले त्यस्तो कार्य तत्काल रोकी सुधार गरिने विश्वास दिलाउनुभएको छ ।

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढेको बेथिति आर्थिक अनियमितता, चरम लापर्वाही र प्रतिष्ठान प्रशासनले गर्दै आएको गैरजिम्मेवारपनको विरोधसहित प्रतिष्ठान सुधार्न सङ्कलित ७० हजार नागरिकको हस्ताक्षर प्रधानमन्त्री निवास बालुवाटरमा बुझ्नुहुँदै प्रधानमन्त्रीले प्रमण्डल टोलीसंग यस्तो विश्वास व्यक्त गर्नुुभएको हो ।

प्रम ओलीले सो अवसरमा स्वास्थ्य क्षेत्रको बेथितिको सुधार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाटै थालनी गर्नेे प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको टोलीका संयोजक सचित शर्माले बताउनुभयो ।

प्रतिष्ठानमा पछिल्लो समयमा बढेको बेथिति र चरम लापर्वाहीका विषयमा प्रधानमन्त्री ओलीले प्रमण्डल टोलीबाट अभिरुचिपूर्वक समस्याका विषयमा गहिरो जानकारी लिनुहुँदै आम नागरिकबाट भएको हस्ताक्षरको उच्च कदर गरी प्रतिष्ठानको सुधारमा आफूले कुनै ढिलाइ हुन नदिने पनि विश्वास दिलाउनुभएको प्रमण्डलले जानकारी दिएको छ ।

उक्त प्रमण्डलका संयोजक सचित शर्मा तथा सदस्यहरु प्राध्यापक ऋषिराज गौतम एवम अजय राई, संगीता लिम्बू र शान्ता लिम्बूले प्रधानमन्त्री ओलीलाई उक्त हस्ताक्षर बुझाई प्रतिष्ठानको बढ्दो बेथितिमा सुधार गर्न अनुरोध गर्नुभएको थियो ।

सो टोलीले आज स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग स्वास्थ्य मन्त्रालयमा भेट गरी सोही व्यहोरा अवगत गराउँदै प्रतिष्ठानको बढ्दो बेथिति कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा बृहत् परामर्श र छलफलसमेत गरेको टोलीले बताएको छ ।

उक्त टोलीले प्रतिष्ठानभित्र मौलाएको चरम लापर्वाहीप्रति सरकारले तत्काल ध्यान केन्द्रित गर्न नसके प्रतिष्ठान धराशायी बन्ने खतरामा पु¥याइएकोबारे समेत स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको बताएको छ ।
रासस

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित