काठमाडौँ। ‘बोलमाया’ गीतका सर्जक तथा गायक प्रकाश सपूतले ‘बोलमाया’ गीतको दोस्रो भाग तत्काल नआउने बताएका छन्। उनले भनेका छन् ‘बोलमाया’ गीतको भिडियो आफैमा पूर्ण छ । यसलाई अब कसरी दोस्रो भागको रुपमा ल्याउने त्यसको बारेमा सोचेको छु तर तत्कालै त्यो बजारमा आउँदैन ।
एक अन्तर्वार्ताको क्रममा उनले बोल माया गीतको अडियो बन्नु पूर्व नै भिडियोको कन्सेप्ट बनाएको समेत खुलासा गरे । भिडियो बनाउँन धेरै दुःख गरिएको स्मरण गर्दै सपूत भन्छन्;यो गीतले यति धेरै सफलता पाउला जस्तो लागेको थिएन।
डिसी नेपाल





